प्रेरणा र सलोनी महिला एकल उपाधीका लागि भिड्ने

पोखरा, १२ पुस/ नेपालका शिर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ्ग कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधीका लागि भिडने भएका छन् ।

पोखरा रंगशालामा शनिबार भएको उमन्स ओपनको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै कोइराला र तामाङ्गले उपाधी भिडन्त गर्ने भएका हुन् । सेमिफाइनलमा प्रेरणाले भगवति विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गरिन भने सलोनीले गंगा शर्मालाई ६–०, ६–२ ले पराजित गरिन् ।

प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलमा डिफेण्डिङ्ग च्याम्पियन कमल भण्डारी छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङ्गले सेमिफाइनलमा स्थान बनाएका छन् । कमलले भिष्मजंग गुरुङ्गलाई ६–१, ६–३ ले, छेवाङले लक्ष्मण लामालाई ६–१, ६–१ ले, राजुले नविन चालिसेलाई ६–२, ६–१ ले तथा सिमान्तले अनिल सेन्चुरीलाई ७–५, ६–२ ले पराजित गरेका हुन् ।

त्यस्तै ४५ वर्ष माथिको एकलमा विमल गुरुङ्ग र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् । विमलले प्रताप मोक्तानलाई ६–४, ६–४ ले तथा गोपीले अमृत कार्कीलाई ६–३, ६–३ ले पराजित गरे भने सोही उमेर समुहको अर्को खेलमा अनु जोनले धरमबहादुर लामिछानेलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा पुगे ।

५५ वर्ष माथिको एकलमा कमल थापाले ध्रुव गुरुङ्गलाई ६–३, ७–५ ले, अनिल तुलाचनले इब्राहिम मुस्लिमलाई ७–६, ६–२ ले , मनोज राणाले समिर शेरचनलाई ६–१, ६–० ले तथा प्रदिप शाहले राजकुमार गुरुङ्गलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारेका छन् ।

३५ वर्ष माथिको डबल्स उपाधीका लागि कमल भण्डारी र राजु श्रेष्ठ (स्विड वे) को जोडीले सिमान्त गुरुङ्ग र राजु श्रेष्ठ (गोर्खा) संग खेल्ने भएको छ । कमल जोडीले छेवाङ लामा र चिरायजंग थापाको जोडीलाई तथा सिमान्त जोडीले शरण गुरुङ्ग र राजन पौडेलको जोडीलाई पराजित गरेका हुन् ।

४५ वर्ष माथिको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङ्गको जोडीसंग फाइनल खेल्नेछन् । भट्टराई जोडीले दोर्जे लामा र अनु जोनको जोडीमाथि ५–२ र रिटायर्ड हर्टको नतिजा निकालेको हो भने राणा जोडीले वाकओभर पाएका थिए ।

५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्बा ढुण्डुप जोडीले सोभितमान श्रेष्ठ र पृथ्वीमान थकालीको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । समिर शेरचन र अनिल तुलाचनको जोडीले प्रदिप शाह र राम रानाको जोडीलाई पराजित गर्दै थापा जोडीसंग उपाधीका लागि निश्चित गरेका छन् । ६५ वर्ष माथिको एकलमा छेतन नर्केलले मेजर लक्ष्मीप्रसाद गुरुङ्गलाई पराजित गरेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...