मिडिया कप भलिबल प्रतियोगीताको तयारी पुरा, दर्जन बढि मिडियाले भाग लिने

पोखरा, १० असोज / केभसिटी मिडिया प्रा.लिद्धारा आयोजित “प्रथम केभसिटी मिडिया कप भलिबल प्रतियोगीता

२०७५” को तयारी पुरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरि शुक्रबार र शनिबार पोखरामा हुने उक्त

प्रतियोगीताको आवाश्यक तयारी पुरा भएको कार्यक्रमका संयोजक विजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगीतामा दर्जन भन्दा बढि टिमहरुको सहभागीता रहने छ । नेपालमा पहिलो पटक

मिडियाकर्मीहरुका बिचमा हुन लागेको उक्त प्रतियोगीता स्वास्थ्य र सद्भावका खातिर आयोजना गरिएको

प्रबन्ध निर्देशक भीम थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगीताले खस्कदो भलिबलको स्तरउन्नती र

मिडियाकर्मीका बिचमा थप आत्मियताको विकास गर्नेछ ।

प्रतियोगीताको विजेतालाई नगद ३५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रा.लिका अध्यक्ष दुर्गा

प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उपविजेतालाई नगद रु.२२ हजार २ सय २२ साथमा ट्रफि, मेडल

र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगीताको वेष्ट प्लेयरलाई नगद ३ हजार ३ सय ३३, वेष्ट स्काईकर, वेष्ट लिफ्टर, वेष्ठ सर्भरर वेष्ट

क्विकरलाई नगद १ हजार १ सय ११ तथा अनुसासित टिमलाई नगद २ हजार ५ सय प्रदान गरिने छ ।

सहभागी टिमहरुलाई प्रोत्साहन तथा सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिने छ । राष्ट्रिय माविको खेलमैदान

पुरानो टुडिखेलमा हुने उक्त प्रतियोगीता सम्पन्न गर्न करिब २ लाख रुपैया र्खच लाग्ने अनुमान गरिएको थापाले

बताए ।

प्रतियोगीता पोखरा महानगरपालिका तथा अमेरीमा बस्दै आएका कृष्ण सुनारको विषेस सहयोग, पोखरा

महानगरपालिका वाड नं. १६/१९ को सहयोग, जिल्ला भलिवल संघ कास्की, भलिबल ट्रेनिङ सेन्टर कास्की र

राष्ट्रिय माविको प्राविधिक सहयोगमा सम्पन्न गरिने छ ।

यसअघि असोज १२ गते बिहान स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुबिच संचारकर्मीहरुको मैत्रीपुर्ण खेल

समेत समावेश गरिएको छ ।

कमेन्टहरु
Loading...