Ganthan News Pokhara
All news from Pokhara & around

भलिबल खेलाडिद्वय मञ्जु र लक्ष्मण हङकङमा सम्मानित

0

हङकङ – राष्ट्रिय भलिबल खेलाडिद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित भएका छन् । पर्वत क्लब हङकङले वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष काजिमान गुरुङले अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, विशेष अतिथिमा एनआएन हङकङका अध्यक्ष टीका गुरुङ, एन आर एन हङकङका उपाध्यक्ष तथा नेपाल भलिबल संघ हङकङ तथा पुर्बि एशियाका सद्भावना दुत निरन्जन गुरुङ, भुरुङदी सियो समाजका अध्यक्ष लोकमान गुरुङ लगायत पर्वत मञ्च हङकङसँग आबद्ध १० वटै एकाइ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले मञ्च र क्लबको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै सधै एकजुट भएर अघि बढ्ने बताए ।
कार्यक्रमको स्वागत मन्तव्य पर्वत क्लब हङकङका उपाध्यक्ष दुर्गा थापाले दिएका थिए ।

सम्मानपछि बोल्दै खेलाडिद्वय मञ्जु र लक्ष्मणले सम्मानित हुन पाउँदा एकदमै खुसि लागेको बताए । केही समय अघि आयोजना गरिएको भलिबल खेलमा नेपालबाट गएका खेलाडिद्वय मञ्जु गुरुङ र लक्ष्मण रानाले साथ दिएका थिए । यस्तै, हिजो भएको बिदाई तथा सम्मान कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमका पनि आयोजना गरिएको थियो ।

पर्वत घर भई हङकङ बस्दै आएका नेपालीहरुले स्थापना गरेको क्लबले वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु