पोखरा, २८ मंसिर/दुर्गाबहादुर कुँवरले ओम फ्यामिलि टेनिस टुर्नामेण्टको उपाधी जितेका छन् । शसस्त्र प्रहरी बलका एसएसपी समेत रहेका कुँवरले शनिवार पोखरामा सम्पन्न फाइनल खेलमा धरमबहादुर लामिछानेलाई ६–४, ६–२ को सोझो सेटमा पाखा लगाउँदै सो उपाधी आफ्नों नाम गराएका हुन् । पोखरामा उनको यो दोश्रो उपाधी हो । यसअघि उनले स्काई माउण्ट पोखरा ओपन टेनिस प्रतियोगिता जितेका थिए ।
त्यसैगरि प्रतियोगितामै वि श्रेणीतर्फको उपाधी लोक गुरुङ्गले जितेका छन् । फाइनल खेलमा उनले सूर्य शाहिलाई ६–३,०–६ र सुपरटाईमा १०–६ ले पराजित गरे । यो वर्ष लोकको यो तेश्रो उपाधी हो । यसअघि उनले जुनियरतर्पm नेप्लीज इन्काउण्टर र तीज कपको उपाधीमाथि कव्जा जमाएका थिए । प्रतियोगितामा विजेताले ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ, संघका महासचिव अनिल तुलाचन, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, एशियन तेक्वान्दो महासंघका सल्लाहकार मदन केसी, शसस्त्र प्रहरी बलका डिएसपी त्रिभुवन विष्ट लगाएतले पुरस्कार प्रदान गरेका थिए ।
सोही समारोहमा टेनिस खेलको विकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै कास्की जिल्ला टेनिस संघले गुरुङ्ग भिलेज टेनिस कोर्टका सञ्चालनक पदम गुरुङ्ग, स्काई माउण्ट टेनिस क्लवका अध्यक्ष नविन गुरुङ्ग र ओम फ्यामिलिका सुनिल श्रेष्ठ ( स्वामी )लाई कदरपत्र प्रदान गरेको थियो । संघका सदस्य राजु गुरुङ्ग, सल्लाहकार राजु श्रेष्ठ लगाएतले उनीहरुलाई कदरपत्र प्रदान गरेका हुन् । खेल समापन पश्चात आयोजित साँस्कृतीक कार्यक्रममा गण्डकी तारा समेत रहेका मुख्य आयोजक सुनिल श्रेष्ठले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।