Ganthan News Pokhara
All news from Pokhara & around

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल सेमिफाईनलको समिकरण पुरा

0

पोखरा, १६ बैशाख /पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । पहिलो सेमिफाईनलमा एपीएफ र होङगान्जी न्यृडायमण्डबीच हुनेछ भने दोश्रो पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

आईतवार दोहोरो जित निकालेर समूह बिजेता भएको एपीएफले आर्मीसँगको सघर्षपूर्ण खेलमा ३–२ को सेटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । सरस्वती चौधरी वुमन अफ दि म्याच भएको खेलमा एपीएफले आर्मीमाथी २५–१४,२२–२५,२५–२३,२०–२५ र १५–१३ को रोमाञ्चक जित निकाल्यो ।

दोश्रो खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो । त्यस्तै समूह बीको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउदै समूह बिजेता बन्यो ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

मार्वल टेक्नोप्लस,मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ ।

खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ । साथै दरवार मार्ग स्थित द रिगल ईकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ ।

त्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । लिगकम नकाउटका आधारमा खेलाईने छ । साविक बिजेता एपीएफ,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा छन् भने समूह बी मा नेपाल पुलिस,होङगान्जी न्युडायमण्ड र पश्चिमाञ्चल रहेकाछन्

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु