कास्की जिल्ला लिगको सेमिफाइनलमा एल्जी, ड्यामसाइड, संगम र सत्ययुवा क्लब

पोखरा १ फागुन । एन्फा कास्कीको आयोजनामा पोखरा रगशालामा जारी स्वःबलराम स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिग फुटबल प्रतियोगितामा एल्जी एशोसियसन, ड्यामसाइड युथ क्लब, संगम युवा क्लब र सत्ययुवा क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्र्तगत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा ड्यामसाईडले नवआर्दश सामुदायिक विकास समाजलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । निर्धारित समयमा १÷१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णायाथ टाइब्रेकरको सहारा लिइएको थियो । ड्यामसाइडका लागी रितेश गुरुङ र नवआर्दका लागी सन्तोषले गोल गदै खेल बराबरीमा टुङग्याए ।

टाइब्रेकरमा ड्यामसाइडलाई सेमिफाइनल पुयाउन रमेश थापा, रुपेश गुरुङ, विमल गुरुङ र गम्भीर परियारको पेनाल्टी गोलमा परिणत भएपनि प्रताप सैजुको प्रहार भने विपक्षि गोलरक्षकले बचाउ गरे । नवआर्दशका तर्फबाट इश्वर बाँनिया, सजिश गुरुङ, सुजन गुरुङले पेनाल्टीको सदुपयोग गरेपनि सन्तोष र आगमन खड्काको प्रहार बाहिरिदा क्वाटरफाइनलबाटै बाहिरियो ।

दोस्रो खेलमा एल्जी एशोसियशनले नागढुङगा क्लबलाई ५–१ ले पाखा लगाउदै सेमिफाइनल यात्रा सहज बनायो । एल्जको जितमा सिद्धार्ज रन्जितले तिन गोल गदै ह्याट्रिक गरे भने अजित गुरुङ एक गोल गरे भने एक गोल नागढुङगाले आफनै पोष्टमा गदै उपहार स्वरुप आत्मघाती गोल दियो । नागढुङका लागी सान्त्वना गोल सुरज गुरुङले गरे ।

चौथो तम खेलमा संगमले डेविट फल्स क्लबलाई ४–० को फराकिलो जित निकाल्दै सेमिफाइनल प्रवेश गर्यो । संगमको जितमा राकेश गुरुङ, विमल राना, अन्जन देवकोटा र सरोज तामाङले गोल गरे । पाँचौ तथा अन्तिम खेलमा सत्य युवा क्लबले विष्णुपादुका क्लबलाई ३–१ गोलले पराजित ग¥यो । सत्यको जीतमा हरि गुरुङले एक र अनिल ओझाले दुई गोल गरे । प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनल खेल हुने छ । पहिलो सेमिफाइनलमा एल्जी र ड्यामसाइड प्रतिस्पर्धा गर्ने छन भने दोस्रो खेलमा संगम र सत्य युवा क्लब वीच प्रतिस्पर्धा हुने छ ।

कमेन्टहरु
Loading...