सन्दिप आईपिएलको बेस्ट बलिङ इकोनोमिको एक नम्बरमा

पोखरा, ५ जेठ/इण्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेयरडेभिल्सबाट मैदान उत्रिएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने बेस्ट बलिङ इकोनोमि (कम खचिलो बलर)को एक नम्बरमा रहेका छन् ।

आइपिएलको आधिकारी वेबसाइट आइपिएल टि२० डट कममा लामिछाने बेस्ट बलिङ इकोनोमिको पहिलो नम्बरमा छन् । उनले २ खेल खेलेर ८ ओभरमा २ विकेट लिदै ४६ रन दिएका छन् । उनको इकोनोमि ५.७५ रहेको छ । दोस्रो नम्बर ५.९३ इकोनोमि साथ इस सोधीको रहेका छन् । उनले ५ खेल खेल्दै १५ ओभरमा ४ विकेट लिदै ८९ रन दिएका छन् ।

त्यसै गरी तेस्रो नम्बरमा ६.३१ इकोनोमिका साथ सन्दिप शर्मा रहेको छन् । उनले ९ खेल खेल्दै ३५ ओभरमा ९ विकेट लिदै २२१ रन दिएका छन् ।

शुक्रबार भएको खेलमा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए । यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए।

कमेन्टहरु
Loading...