पोखरामा कोकाकोला कप जारी

पोखरा, २२ जेठ/कास्की जिल्ला फुटवल संघको आयोजनामा पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय छात्रछात्रा फुटवल प्रतियोगिता अन्र्तगत शनिबार कालिका गण भित्रको खेल मैदानमा ७ तथा पोखरा रंगशालामा ६ वटा खेलहरु सम्पन्न भएका छन् ।

कालिका गणमा सम्पन्न भएका खेलहरुमा सैनिक आवासियले ज्ञानकुञ्जलाई २–० ले, बालकल्याण्डले लोटस एकेडेमीलाई २–० ले, गुडविलले हावर्ड एकेडेमीलाई १–० ले, एसओएसले सितलज्योतीलाई ३–१ ले तथा बेसलाईनले नेपाल भारत मैत्रि विद्यालयलाई टाई ब्रेकरमा ३–० गोलले पराजित गरेको छ ।

यता पोखरा रंगशालामा भएको खेलमा समताले पार्दीलाइ टाई ब्रकेरमा ४–३ ले, भद्रकालीले फेवा बोर्डिङ्गलाई टाई ब्रेकरमै ३–२ ले तथा कास्की मोर्डनाइजले छोरेपाटनलाई टाई बे्रकरमा ३–१ गोलले पराजित गरेको छ ।

अर्को खेलमा अम्मरसिंह माविले सिद्धार्थ लबडेलमाथि ७–० गोलको फराकिले अन्तरले जित हाँसिल गरेको छ । त्यस्तै मेरिगोल्डले सिद्धिविनायकलाई १–० ले तथा सवलाईम बोर्डिङ्ग स्कुललाई जेसिएले ३–० गोलले पराजित गरेको छ ।

कमेन्टहरु
Loading...