कास्की लिगमा इन्द्रेणीको पोष्टमा सहाराको १० गोल

पोखरा २६ माघ । पोखरामा रगंशालामा जारी स्व. बलराम केसी स्मृती रेडबुल जिल्लास्तीय लिग फुटवल प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा सहाराले इन्द्रेणी एकिकृतलाई ११–२ को फराकिले गोल अन्र्तरले पाखा लगाउदै विजयी भएको छ ।

सहारा क्लबका दुई खेलाडिले इन्द्रेणी विरुद्धको खेलमा ह्याट्रिक गरेका छन् । विजय श्रेष्ठ र सन्तोष थापाले ब्यक्तिगत रुपमा तिन÷तिन गोल गदै ह्याट्रिक गरे भने लक्ष्मण जिसीले दुई गोल गर्दा सोनल खनाल र तोरण गुरुङले एक एक गोल गदै जित फराकिलो बनाए । इन्द्रेणीका लागी कमल तिमिल्सिना र प्रदिप खत्रीले एक एक सान्त्वना गोल गरे ।

अर्को खेलमा डेविटफल्सले गाडर्ने फुटबल क्लबलाई १–० को कठिन जित निकाल्दै क्वाटरफाइनलको यात्रा पक्का गरेको छ । खेलमा डेविट फल्सका तर्फबाट एक मात्रै निर्णायक गोल सन्दिप थापाले गरे । त्यस्तै विष्णुपादुका र एल्जी एशोसियशन वीचको खेल एक एक गोलको बराबरीमा सकियो । विष्णुपादुकाका लागी स्वागत थापा र एल्जीको तर्फबाट सिदार्थ रन्जितले गोल गरे ।

यता भ्याली स्पोर्ट क्लब र नवआर्दश सामुदायिक विकास समाज वीचको खेल पनि एक एकको बराबरीमा सकियो । भ्यालीका लागी विबेक गुरुङ र नवआर्दका लागी सन्तोष अर्यालले गोल गरे । प्रतियोगितामा दुई खेल खेलेको भ्यालीले एकमा हार र एकमा बराबरी खेलेपछि एक खेल खेल्न बाकि छदै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ भने दुई खेलमा एक खेल जीत र एक बराबरी खेलेको नवआर्दश क्वाटरफाइनल पुगेको एन्फा कास्कीका कार्यालय सचिव आशिषमानसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत बुधबार आज सत्ययुवा विरुद्ध नयाँगाँउ,डेमसाइड विरुद्ध आर्दश, नागढुङगा विरुद्ध एपेक्स र संगम विरुद्ध हेम्जा वीच प्रतिस्पर्धा हुने भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...