ह्याण्डबल खेलमा गण्डकी प्रदेशको दोहोरो जित

नेपालगञ्ज, ६ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला तर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हासिल गरेको छ ।

शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको गण्डकी प्रदेशले पुरुष तर्फ को एक खेलमा समेत जित हासिल गरी दोहोरो जित हात पारेको हो ।

शुक्रबार महिला तर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई २२–४ को फराकिलो गोल अन्तरले पराजित गर्यो । गण्डकीको जितमा योगीता गुरुङले ७ गोलको योगदान दिएकी हुन्। त्यसै गरी शुक्रबार भएको महिला तर्फको अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई १५–५ को गोल अन्तरले पराजित गर्यो ।

गण्डकीको जितमा योगीता गुरुङले पहिलो खेलमा जस्तै दोश्रो खेलमा पनि ७ गोलको योगदान दिइन् । ८ औं राष्ट्रिय खेलमा राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक ५ जना खेलाडीले डेब्यू गरेको प्रशिक्षक बिष्णु गुरुङले बताए । उनका अनुसार सुकमाया गुरुङ, संगिता राना, महिमा केसी, दिया थापा र कोमली खड्का रहेकाछन्।

महिला तर्फ भएको दोश्रो खेलमा विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लवले कर्णाली प्रदेशलाई ५५–४ को बिशाल गोल अन्तरले पराजित गर्यो । त्रिभुवनको जितमा कविता राईले १९ गोलको योगदान दिइन् । तेश्रो खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर २ लाई ७–५ को गोल अन्तरले पराजित गर्यो ।

प्रदेश ७ को जितमा गितान्जली रानाले सर्वाधिक ४ गोल गरिन् । चौथो खेलमा विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले प्रदेश नम्बर १ लाई २८–१० को गोल अन्तरले पराजित गर्यो । एपिएफकी उमा राइले सर्वाधिक १७ गोल गरिन् ।

त्यसै गरी नेपालगन्जको रंगशाला परिसरमा आयोजना भएको पुरुष तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिमाञ्चल प्रदेशलाई ४३–१५ को फराकिलो गोल अन्तरले पराजित गर्यो । बिशाल बस्नेतको कप्तानीमा मैदानमा उर्तिएको गण्डकीको जितमा भने सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोलको योगदान दिए ।

गण्डकीका गोलरक्षक बिशाल नेपाली सहित सवै खेलाडीले गोल गरेका थिए । ८ औं राष्ट्रिय खेलमा राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक ५ जना खेलाडीहरु सहभागि भएको प्रशिक्षक बिष्णु शाक्यले बताए । उनका अनुसार शिव खड्का, कदम चालिसे, पवन छन्त्याल, जोसनिस पुर्जा र प्रविण गुरुङ रहेकाछन्।

शुक्रवार विहान भएको पुरुष तर्फको अर्को खेलमा त्रिभुवन आर्मी विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे । तेश्रो खेलमा प्रदेश नम्बर २ ले प्रदेश नम्बर १ लाई २८–१४ को फरालिको गोलअन्तरले पराजित गर्यो ।

पराजित गर्यो । विभागिय टोली एपिएफले प्रदेश नम्बर ३ लाई ३९–२३ को फराकिलो गोल अन्तरले पराजित गर्यो । शुक्रबार हुने भनिएको अन्तिम खेल प्रकाश नपुगेका कारण स्थागित भएको अपिसियल विकास खनालले बताए । स्थगित भएको प्रदेश ५ बिरुद्ध प्रदेश ७ बिचको खेल शनिबार हुने भएको छ ।

कमेन्टहरु
Loading...