Categories
खेल

गण्डकी प्रदेश र एपिएफ सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा, ३ माघ /पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् । गण्डकी प्रदेशले प्रदेश नम्बर ५ र एपिएफले आर्मीलाई सोझो सेटमा हराउदै सेमिफाइनल प्रबेश गरेका हुन् ।

गण्डकडी प्रदेशले प्रदेश नम्बर ५ लाई २५ -१३, २५ -६ र २५ -१७ मा हरायो । उपाधिको दावेदार एपिएफले आर्मीलाई २५ -१५, २५ -१९ र २५ -१७ मा हरायो । आजै तेस्रो खेल प्रदेश नं ३ ले प्रदेश नं १ को सामना गर्दा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश नं २ को सामना गर्नेछ ।

लिगकम नकाउटको आधारमा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *