ह्याण्डबल खेलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नेपालगञ्ज, ६ वैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीबारबाट नेपालगन्जमा सुरु भएको पुरुषतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । विहिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०–१५ को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

गण्डकीको जितमा कप्तान विशाल बस्नेतले ८ गोलको योगदान दिदा कर्णालीका केशव बिष्टले भने ११ गोलको योगदान दिए । विहीबार नै भएको पुरुषतर्फको दोस्रो खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र नं ५ लाई ४२–१७ गोलले पराजित गर्यो । नेपालगन्जको रंगशालामा संचालन भएको पुरुष तर्फको उक्त खेलमा शुक्रबार ५ खेल हुने भएको छ ।

त्यसैगरी महिला तर्फ विहिबार दुई वटा खेल सम्पन्न भएकाछन्। पहिलो खेलमा नेपाली सेनाले प्रदेश नम्बर ३ लाई ३१–४ को फरालिको गोल अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा प्रदेश नम्बर ५ प्रदेशले कर्णाली प्रदेशलाई १०–७ को गोल अन्तरले पराजित गरेको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालयको परिसरमा हुने उक्त खेलमा शुक्रबार ५ खेल हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले उक्त प्रतियोगिताको विहिबार विहान औचिारिक उद्घाटन गर्दै अब खेलाडीहरुको भविश्य ग्यारेन्टी गर्ने गरी आफुहरुले नयाँ योजना ल्याउन लागेको बताए । स्थित सरकारको समयमा खेलाडीहरुको भविश्य ग्यारेन्टी गर्ने बिषयमा आफुहरु गम्भिर हुने उनले जनाए ।

पुरुषतर्फ र महिला तर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता रहेको छ । नेपाल प्रहरीको विभागीय टिमले यस संस्करणको प्रतियोगितामा सहभागिता जनाएको छैन । नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो ।

कमेन्टहरु
Loading...