पोखरामा हुने मिडिया कप फुटसल प्रतियोगिताको तयारी तीब्र

पोखरा, २ भदौं /पोखरामा हुने पोखरा मिडिया कप फुटसल प्रतियोगिताको तयारी तीब्र पारेको छ । भदौ १० र ११ गते पोखराको गणेशटोलमा रहेको स्पोर्टस क्यासलमा हुने प्रतियोगिताको तयारी तीब्र पारेको आयोजकले जानकारी दिएको छ ।

जक्शन डटकम र १६ प्रोडक्शनको आयोजनामा हुन लागेको प्रतियोगिता अहिले सम्म १० टिमले टिम दर्ता गर्ने क्रम चलिरहेको आयोजक संस्था जक्सन डटकमका निर्देशक अरुण गिरीले जानकारी दिए । ‘मिडिया कपको उद्देश्य मिडिया कर्मीहरुबीच भाइचारको विकास गर्नु हो ।’ उनले भने ‘अहिले सम्म १० टिमले सहभागीता जनाइ सकेका छन्, टिम दर्ता गर्ने क्रम जारी छ ।’

विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरा पर्सन लगाएतले सहभागिता जनाउन पाउनेछन् । उनले प्रतियोगितामा ३० वटा टिमले भागलिने अनुमान गरेको बताए ।

फुटसल प्रतियोगिताका विजेताले ३५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल, दोस्रोले २० हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीेले ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल , गोल रक्षकलाई २ हजार ट्रफी, प्रमाणपत्र र मेडल, अनुशासित टिमले ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल र सर्वाधिक गोलकर्तालाई ३ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त उनले बताए ।

खेललाई अझ प्रभावकारी बनाउन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल प्रमोटरका रुपमा सहभागि हुने भएका छन् । यस्तै खेलका संचालन र आयोजना गर्ने क्रममा फुटसलसँग सम्वन्धीत कुनै पनि समस्या परेमा सो को समाधानका लागि खेल विज्ञका रुपम रेफ्रिसँघ कास्कीका अध्यक्ष तथा फुटसल संघ कास्कीका उपाध्यक्ष शुसिल केसीको सहयोग लिईएको जानकारी दिएका छन् ।

खेललाई प्रभावकारी र विस्तारित गराउन हामीले नेपाली चलचित्रका अभिनेत्रीहरु र पोखराका महिला पत्रकारहरुबीचको मैत्रीपूर्ण मिडिया भर्सेस सेलिब्रटी फुटसल प्रतियोगिता हुने खेल संयोजक राकेश गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...