तेस्रो एक्सपर्ट कलेज क्रिकेट लिगमा कुमुदिनी होम्स र स्याङजा बहुमुखी क्याम्पस सेमिफाईनलमा

पोखरा, १२ फागुन/कुमुदिनी होम्सले अमरसिंह माविलाई दोस्रो खेलमा पनि पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको सेमिफाईनल सुरक्षित गर्दा वर्षाले रोकिएर अकं बाँडेको पृथ्वीनारायण क्याम्पसलाई राम्रो रनरेटमा पछि पार्दै स्याङजा बहुमुखी क्याम्पस सेमिफाईनल यात्रा तय गरेको छ ।

अघिल्लो दिन स्याङजा र पृथ्वीनारायण क्याम्पस बीचको खेल वर्षाले रोकिएपछि अंक बाड्न बाध्य भएका थिए । स्याङजा र पृथ्वीनारायण क्याम्पसको समान तीन तीन अंक भएपनि नेट रनरेटको आधारमा स्याङजा सेमिफाईनल प्रवेश गरेको प्रतियोगिताका संयोजक विधान श्रेष्ठले जानकारी दिए ।

स्याङजा बहुमुखी क्याम्पसले शुक्रबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा जनप्रिय उच्चमाविलाई सस्तैमा समेटेपछि नेट रन रेटको आधारमा स्याङजाले अन्तिम चार पक्का ग¥यो । टस हारेर व्याटिङ गर्न आएको स्याङजाले प्रतियोगिताकै सर्वाधिक १९७ रन बनाउँदै इनिङ टुग्याउँदा ओपनर विश्व थापाले पहिलो अर्धशतक पुरा गरे । उनले ५३ बल खेल्दै १ छक्का र ९ चौका हान्दै ६७ रनको महत्वपूर्ण योगदानले सेमिफाईनल तय गराउन सहज बन्यो । स्याङजाको भाग्यमा अतिरिक्त रन पनि व्याट्बाट भन्दा बढी निस्किएको छ ।

इनिङकै सबैभन्दा बढी अतिरिक्त रन दिने क्रममा जनप्रियले स्याङजाको खातामा विना मेहनत ५२ रन जोडिदियो । रामु थापाले ३५ बलमा ३१ रन हिर्काए । जनप्रियका बलर सन्जु विक, सागर सुवेदीले एक एक विकेट लिए । १९८ रनको लक्ष्य पछ्याएको जनप्रिय ७९ रनमा अलआउट हुन पुग्यो । सुवास थापाले १८ रन हिर्काए । अन्इ व्याट्सम्यानको व्याटबाट भने दोहोेरो रन निस्किएन् । २७ रन अतिरिक्त जोडियो । स्याङजाका बलर बीरु गुरुङले चार ओभरमा ८ रन दिएर चार विकेट लिदैं म्यान अफ दि म्याच घोषित भए । अशोक श्रेष्ठले चार ओभरमा १५ रन खचिर्दै दुई विकेट लिए । विपिन काफ्लेले चार ओभर १० रन दिएर दुई विकेट लिए ।

कुमुदिनी होम्सले अमरसिंहलाई लिगको दोस्रो खेलमा ३५ रनले पराजित गर्दै पोखरा विश्वविद्यालयसँग सेमिफाईनल खेल्ने पक्का ग¥यो । टस जितेर व्याटिङ गरेको कुमुदिनीले ११४ रन बनाउँदै लक्ष्य पछ्याउने जिम्मेवारी अमरसिंहलाई दिएको थियो । तर अमरसिंहले लक्ष्य मात्रै पछ्याएर पुग्ने अवस्था थिएन् । सेमिफाईनल प्रवेशको लागि राम्रो रन रेटको खाँचो थियो । तर ७९ रनमा समेटिदाँ सबै विकेट गुमाउन पुग्यो ।

१५ बलमा १७ रन र दुई विकेट लिएका कुमुदिनी होम्सका देव साह म्यान अफ दि म्याच घोषित भए । कुमुदिनीको इनिङसमा इशान्त श्रेष्ठले ३० बलमा २६ रन बनाए । उनलाई कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङले ट्रफी प्रदान गरेका थिए । पोखरा विश्वविद्यालय भने प्रतिस्पर्धीको अनुपस्थितिमा सिधै सेमिफाईनल पुग्न सफल भएको हो ।
शनिबारको पहिलो सेमिफाईनल सत्यवती मावि दमौलीले स्याङजा बहुमुखी क्याम्पससँग् खेल्ने छ । दोस्रो सेमिफाईनल कुुमुदिनी होम्सले पोखरा विश्वविद्यालयसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...