दिपेश स्मृतीकप खुल्ला सेभेन ए साइडमा ६ खेल सम्पन्न

पोखरा, ६ फागुन/बैदाम क्लवको आयोजनामा शुक्रबारदेखि शुरु भएको दिपेश टण्डन स्मृतीमा अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोतिगामा शनिबार ६ खेलहरु सम्पन्न भएका छन् ।

सम्पन्न खेलमा बाँझापाटन वि १३ ले फोर कर्नर एफसीलाई ३–० गोलले पराजित ग¥यो । त्यस्तै अर्को खेलमा रामबजारले वाकओभर दिएपछि मिलनटोल विजयी भयो भने प्रतिस्पर्धात्क खेलमा आदर्श एफसी भण्डारढिकले लामाचौर ब्रदर्शलाई टाई ब्रेकरमा २–१ गोलले पराजित ग¥यो । खेलको निर्धारित समय २–२ गोलमा सकिएको थियो ।

त्यस्तै मालेपाटनले डिहिकोपाटन ए लाई ३–० ले तथा सिम्पानी कसेरीले डिहिकोपाटन बि लाई २–० गोलले पराजित ग¥यो । शनिबारको अन्तिम खेलमा संयुक्त युवा परिवारले एस एन ब्रदर्शलाई १–० गोलले पराजित गर्दा विवेक गुरुङ्गको गोल निर्णायक बनेको थियो ।

शनिबारको खेलमा बाँझापाटनको तर्फबाट शिब सुवेदी, निरज गुरुङ्ग र लक्ष्मण जिसीले गोल गरेका थिए । त्यस्तै मालेपाटनको तर्फबाट फोनज कार्कीले २ तथा सुमन नेपालीले १ गोल गरे भने सिम्पानीको तर्फबाट विक्रम थापा र विक्रम पुनले गोल गरेका थिए ।

कमेन्टहरु
Loading...