बिटी कपको अन्तिम चारमा तारा, गैह्री, बि–१३ र रिलिजन फुटबल क्लब

पोखरा, २४ चैत /पोखराको पुरानो टुडिखेलमा जारी तेस्रो विरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको अन्तिम चारमा तारा फुटबल क्लब, ग्रैह्री एफ.सी, बि–१३ र रिलिजन फुटबल क्लब प्रबेश गरेको छ ।

रञ्जन मेमोरियल र तारा एफसी बिच आईतबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा ५–४ को गोल अन्तरले मेमोरियललाई पराजित गर्दै तारा एफसी अन्तिम चारकोे यात्रा तय गरेको हो । उक्त खेलबाट म्यान अफ द म्याच तारा एफसीका गोल रक्षक अजित प्रजापति घोषित भए ।

त्यस्तै फेदी एफसी र गैह्री एफसी बिच भएको दोस्रो खेल गोल रहित बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ को गोल अन्तरले फेदी एफसीलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश ग¥यो । सो खेलबाट म्यान अफ ल म्याचबाट गैह्री एफसीका गोलरक्षक मुमिन तामाङ पुरस्कृत भए ।

तेस्रो खेलमा बि¬–१३ ले आयोजक बिटीलाई ३–० को गोल अन्तरले पाखा लगाउदै गैह्री एफसीसँगको भेट पक्का ग¥यो भने उक्त खेलबाट शिव थापा म्यान अफ द म्याचका हकदार बने । त्यसैगरी अन्तिम खेलमा रिलिजन एफसीले अल्फा एफसीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा तारा एफसीको निम्तो पायो ।

उक्त खेलबाट ह्याट्रिक गरेका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भएको खेल संयोजक बिकास केसीले बताए । उनका अनुसार अन्तिम चारका खेल र फाईनल खेल सोमबार हुनेछ ।

कमेन्टहरु
Loading...