हङकङमा म्याराथन धावक बैकुण्ठ मानन्धर र नामसिंह थापामगर सम्मानित

पोखरा, ३१ जेठ/दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङमा सम्मानित भएका छन । मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन समारोहमा सम्मान गरेको हो ।

हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा त्यसैगरी सोही अवसरमा नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा लगायर सम्मान गरेका हुन । क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रम क्लबका महासचिक विल तामाङ ले सञ्चालन गर्नुभएको थियो ।

हङकङमा म्याराथन धावक बैकुण्ठ मानन्धर र नामसिंह थापामगर सम्मानित
हङकङमा म्याराथन धावक बैकुण्ठ मानन्धर र नामसिंह थापामगर सम्मानित

मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता हुन्। उनको दक्षिण एशियाली म्याराथनको समयमा कीर्तिमान उनको नाममा छ । नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्ट्रिय बक्सर थापा मगर पूर्वबेलायती गोर्खा सैनिक पनि हुन्।

उनी हङकङमै बसोबास गर्छन् । उक्त कार्यक्रममा सल्लाहकार देव गुरुङलेले आर्थिक सहयोग गरेका छन भने ईन्द्र बराह ज्वेलरीका शिव लामिछानेले, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ कान्छा, द गोर्खाज होल्डीङ प्रकास पुन टि सर्ट,क्लब का सल्लाहकारहरु बाट लन्च को सहयोग प्रात्त भएको हाईकिङ करीब साँढे १२ किलोमिटर दुरी रहेको थियो । सो हाईकिङ मा १८० जना ले भाग लिएका थिए ।

कमेन्टहरु
Loading...