व्याडमिन्टनमा नेपाललाई काश्य

भारत, सिलोङ्ग, २५ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले व्याडमिन्टनमा पनि काश्य पदक जितेको छ । व्याडमिन्टनको टिम इभेन्ट प्रतिष्पर्धामा श्रीलंकासँग हारेपनि नेपालले काश्य पदक प्राप्त गरेको हो । सिलोङमा आज भएको व्याडमिन्टनमा सेमीफाइनल हार्ने दुबै टिमलाई काश्य पदक दिने गरिन्छ ।

आजको सेमीफाइनल प्रतिष्पर्धामा नेपाल श्रीलंकासँग ३÷० को सोझो सेटमा पराजित भयो । नेपालकी सारादेवी तामाङ श्रीलंकाकी काविन्दी, नङ्सल तामाङ थिलिनीसँग र पुनः सारादेवी काविन्दीसँग पराजित भएपछि अन्य दुइ जना प्रतिष्पर्धीले प्रतिष्पर्धा नगरीकनै श्रीलंका फाइनलमा प्रवेश ग¥यो ।

यसअघी नेपालले क्वाटरफाइनलमा अफ्गानिस्तानलाई ३÷० को सोझो सेटमै पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो ।

कमेन्टहरु
Loading...