अन्तरसदस्यीयडबल ब्याडमिन्टन प्रतियोगिता जारी

पोखरा,२१साउन। कास्कीजिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामापोखरा रड्डशालामासञ्चालित१३ औं अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत सोमबार १३ खेल सम्पन्नभएका छन्।
सुपर लिगअन्तर्गतसमूह ए तर्फको पहिलो खेलमासहदेव रञ्जित र रूपेश वैद्यको जोडीले नरबहादुर गुरुङ र राजेश गुरुङको जोडीलाई, दोस्रो खेलमाविशाल खड्का र रूद्र घलेको जोडीले रामअधिकारी र मनोज श्रेष्ठको जोडीलाई, तेस्रो खेलमा सोहीजोडीले सजितभारी र कमल गुरुङको जोडीलाई, चौथो खेलमाशम्भु श्रेष्ठ र ओम गुरुङको जोडीले रविन्सनप्रजू र राजेन्द्र गुरुङको जोडीलाई, पाँचौं खेलमाइन्द्र गुरुङ र विशाल बस्नेतको जोडीले सिद्धार्थ आले र प्रेम थापाको जोडीलाई तथा छैटौं खेलमानारायण अधिकारी र अमृत गुरुङको जोडीले सिद्धार्थ आले र प्रेम थापाको जोडीलाई पराजित गरेको छ।
समूहबीतर्फको पहिलो खेलमाबाबुरामपन्त र शेरबहादुर क्षत्रीको जोडीले महेन्द्र गोदार र लक्ष्मण बानियाँको जोडीलाई, दोस्रो खेलमासोहीजोडीले विनितश्रेष्ठ र सुदीपअधिकारीको जोडीलाई, तेस्रो खेलमाराजेश यादव र फणिन्द्र तिमिल्सेनाको जोडीले पुनम गुरुङ र प्रतिभा गुरुङको जोडीलाई, चौथो खेलमा सोहीजोडीले चलित्रजोशी र विष्णु चापागाईंको जोडीलाई, पाँचौं खेलमा मेज लक्ष्मी गुरुङ र मीन गुरुङको जोडीले अनिलमिश्र र खेमनारायण खनालको जोडीलाई, छैटौं खेलमानिरबहादुर थापा र सुरेन्द्र गोदारको जोडीले रमेश यादव र विजयशर्माको जोडीलाई तथा सातौं खेलमा रामप्रसादध्वजू र प्रदीपथापाको जोडीले दुर्गा जोजिजू र खगेश्वर काÇलेको जोडीलाई पराजित गरेको छ।
प्रतियोगितामाविजेता टीमले मात्रतीन अड्ढ प्राप्तगर्नेछ।सङ्घसँग आवद्ध सदस्यहरूबीचभाइचारा वृद्धि गर्ने उद्देश्यले आयोजितप्रतियोगिता सुपर लिगको अवधारणाअनुसार खेलाइएको सो प्रतियोगितासाउन ३० गतेसम्म सञ्चालनहुने छ। प्रतियोगितामा समूह ए मा ३६ तथा समूहबीमा ३४ गरी ७० जना खेलाडीको सहभागिता रहेको छ।प्रतियोगिताको प्रायोजकमावाइआर कन्स्ट्रक्सन प्रालिकाप्रोप्राइटर रामअधिकारी रहेका छन्।
 

कमेन्टहरु
Loading...