आर्मी आहा राराको सेमिफाइनलमा

पोखरा, २६ फागुन / विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा संकटा क्लबलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीका लागि खेलको १६ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा प्रहार गरको बल गोलमा परिणत भएको थियो ।

७० औं मिनेट खेलमा म्यान अफ्दी म्याच हुन सफल नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । विवेक बस्नेतको कर्नरमा भरत खवासको हेडरलाई गोलरक्षक राजाबाबुले बचाएपनि डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई नवयुगले जाली चुमाएका थिए ।

७५ औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई खेलमा ३–० को अग्रता दिलाए । आर्मीले जित गर्दै फाइनल प्रबेशका लागि मनाङ मस्याङ्दी क्लब सगँको भेट पक्का गरेको छ । यी दुई टोलीले बिहीबार हुने दोस्रो सेमिफाइनलमा खेल्नेछन् । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब बिच हुनेछ ।

कमेन्टहरु
Loading...