आहा ! राराको पहिलो सेमिफाइनमा थ्रीस्टार र एपिएफ भिड्दै

पोखरा, १५ फागुन/पोखरामा जारी १७ औ आहा रारा गोल्डकप पहिलो सेमिफाइलन खेल बुधबार हुदैछ । सेमिफाइनलको पहिलो खेल रुस्लान थ्रीस्टार क्लब र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ बिच हुनेछ ।

थ्रीस्टार भारतको सिकिम युनाइटेडलाई ५–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । त्यसै गरि शसस्त्र प्रहरीको एफिएफ क्बलले पहिलो खेलमा आयोजक सहारा क्लब र दोस्रो खेलमा मनाङ मस्याङदी क्लबलाई हराउदै सेमिफाइलनमा प्रबेश गरेको छ । तेस्रो पटक आहा रारा गोल्डकपको सेमिफाइलन प्रबेश गरेका एपिएफ अहिले सम्म फाइन प्रबेश गरेको छैन ।

थ्रीस्टारले चार पटक उपाधि उचालिसकेको छ भने पाँच पटक फाइनल प्रबेश गरेको छ । थ्रीस्टारले पाँचौ र नवौं सस्करणको आहा गोल्डकप र ११ औ र १३ औ संस्करणको आहा रारा गोल्डकपको विजेता बनिसेको छ ।

अघिल्लो वर्षको १६ औ आहा रारा गोल्डकपमा थ्रीस्टारले उपविजतामा चित्त बुझाएको थियो । थ्रीस्टार र एपिएफ १६ औ संस्करणको आहा रारामा क्वाट फाइलनमा भिड्का थिए । थ्रीस्टारले एपिएफलाई ट्राइबे्रकरमा ५–३ गोल अन्तरले हराएको थियो ।

कमेन्टहरु
Loading...