आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

पोखरा, १५ बैशाख/नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्ट्याक्ट कराँते तर्फ विभिन्न तौल समूहमा पदक विजेता खेलाडी तथा अफिसियललाई क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले शनिबार नगदसहित सम्मान गरेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागि भएका विभिन्न १० वटा तौल समूह मध्ये गण्डकी प्रदेश ७ तौलमा फाईनलमा प्रवेश गरेको थियो । ७ तौल मध्ये ४ वटा स्वर्ण र तीन रजत र दुई कास्य पदक जितेर फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो ।

खुल्ला तौल समूहमा रुपक नेपाली, गोविन्द रोका, रोहन सिञ्जाली मगर र युनिका शेरचनले स्वर्ण पदक जितेका थिए । सरगम कुमाल, जीवन गुरुङ र प्रिज्मा कुँवरले रजत पदक जितेका थिए । त्यस्तै महिला खुल्ला तौलकी सुष्मी श्रेष्ठ, मदन थापाले कास्य पदक जितेका थिए । कुमालले खुट्टामा चोट बोक्दै फाईनलसम्मको यात्रा तय गरेकी थिईन् । फाईनलमा विभागीय टोलीको खेलाडीलाई कडा चुनौति पेश गरेकी थिईन् ।

पदक विजेता खेलाडीलाई कराँतेका पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, संघका अध्यक्ष बेलबहादुर थापा, उपाध्यक्ष दानबहादुर क्षत्री, कोषाध्यक्ष सन्तोष श्रेष्ठ लगायतले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । राष्ट्रिय खेलुकद प्रतियोगिताको पुर्व सन्ध्यामा विभिन्न व्यक्तिविशेषको सहयोगमा खेलाडीलाई डाईटको व्यवस्थासँगै बन्द प्रशिक्षण गराईएको थियो । स्वयंसेवक प्रशिक्षकबाट नियमित रुपमा प्रशिक्षणबाट ४ वटा स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो ।

स्वर्ण पदक विजेता खेलाडीलाई नगद ३ हजार, रजत पदक जित्ने खेलाडीलाई २ हजार र कास्य पदक जित्ने खेलाडीलाई १ हजार रुपैयाँ नगदसहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगितामा अफिसियल भूमिका रहेका निर्णायक शिव गुरुङ, सहायक प्रशिक्षक सुवास खड्का र टिम व्यवस्थापक हरि खड्कालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

आठौं राष्ट्रिय खेलुकद प्रतियोगितामा फुल कन्ट्याक्न्ट कराँतेले गण्डकी प्रदेशका लागि सर्वाधिक पदक ४ वटा स्वर्ण जितेको थियो । सुटिङ, प्याराग्लाईडिङ र स्क्वासमा दुई/दुई स्वर्ण पदक जिेतेको थियो । सितेरियो कराँते, आईटिएफ तेक्वान्दोमा एक एक स्वर्ण जित्दा टिम इभेण्टमा एक मात्र स्वर्ण पदक भने पुरुष ह्याण्डबलमा जितेर टोली फर्किएको थियो ।

खेलाडीलाई झण्डै एक महिना बन्द प्रशिक्षणमा राखिएको थियो । राष्ट्रिय खेलकुद परिषदबाट टिम गेमलाई मात्रै बन्द्र प्रशिक्षणमा राख्न आवश्यक बजेट विनियोजन गरेको थियो । तर कराँतेको लागि भने संघ तथा व्यक्तिविशेषकै सहयोगमा खेलाडीलाई बन्द प्रशिक्षणको व्यवस्था मिलाइएको थियो ।

कमेन्टहरु
Loading...