आठौं राष्ट्रिय खेलकुदः आईटिएफमा शिशिर र सुनितालाई स्वर्ण

नेपालगञ्ज, ६ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १९ औं पुरुष तथा महिला आईटिएफ प्रतियोगितामा शिशिर राई र सुनिता श्रेष्ठले स्वर्ण जितेका छन् ।

निलो पेटिको पुरुष प्याटनमा प्रदेश ३ का शिशिरले प्रदेश ५ का सोनु केवतलाई हराउदै आईटिएफको पहिलो स्वर्णले जितेका हुन । त्यस्तै निलो पेटिको महिला प्याटनमा आर्मीकी सुनिताले एपीएफकी सुनिता गुरूङलाई हराउदै स्वर्ण जितिन् ।

प्रतियोगितामा निर्णायकको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रि प्रबिन काकी र खेलाडीको तर्फबाट प्रदेश ५ की सविना श्रेष्ठले सपथ लिएका थिए । पदक बिजेता खेलाडीलाई मध्यमश्चिमाञ्चका खेलकुद प्रमुख भिम ओली,नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलालगायतले पुरस्कृत गरे ।

कमेन्टहरु
Loading...