पोखरामा माघ पहिलो साता एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता

पोखरा, २ माघ/ बगर भाई खलक पोखराको आयोजनामा माघ पहिलो साता एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । तेश्रो स्व.रन्जित गुरुङ स्मृति नवौं बगर भाइ खलक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता माघ ६ गते आयोजना गर्न लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

स्वास्थ्यका लागि एक घण्टा व्यायम, नागरिहरुका लागि नौलो आयाम भन्ने नाराका माघ ११ गते सम्म पोखराको पुरानो टुडिखेलमा प्रतियोगिता सन्चालन हुने आयोजकले जानकारी दिएको छन् । ४० वर्ष देखि ६५ वर्षको उमेर समुहका खेलाडिहरुको खेलबाट नयाँ पिढीलाई खेलकुद प्रति अभिरुचि जगाई खेलाडिप्रति अभिरुचि जगाई भविष्यमा खेलाडि उत्पादन गर्ने लक्ष्य रहेको बगर भाइ खलक कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

प्रतियोगितामा सहभागि सबै भन्दा जेष्ठ खेलाडिलाई सम्मान गरिने उनले बताए । ऐतिहासिक खेल मैदान पुरानो टुंडिखेलमा तारजाली लगाई खेल मैदान संरक्षण गर्ने सन्र्दभमा पुरानो टुंडिखेल खेल मैदान निर्माण उपभौक्ता समिति गठन गरेर काम गरेको उनले बताए ।

प्रतियोगितामा १९ टिम कास्की बाहिरबाट र कास्कीबाट ८ टिम गरि २७ टिमको सहभागि हुने उनको भनाई छ । प्रतियोगितामा यसपल्ट भारतको कलकत्ता र सिलगुडीबाट २ टिमको सहभागि रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने प्रत्येक टिमलाई नगद १० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिलडर र उत्कृष्ट फरवार्ड लाई ट्रफी सहित नगद रु ५ हजार प्रत्येक खेलाडिलाई दिइने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...