१३ औं सागः व्याडामिण्टनको सेमीफाईनल समीकरण पुरा, नेपाल काश्यमा सिमित

ब्याडमिन्टन
161

पोखरा, १९ मंसिर/ तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा भएका व्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सिमित भएको छ । बिहीबार पोखराको व्याडमिण्टन कोर्टमा भएको सेमीफाईनलमा सिंगल डबल्स र मिक्स डबल्स तर्फका सबै स्पर्धा गुमाएपछि नेपाल कास्यमा सिमित भएको हो ।

बिहीबारको सेमीफाईनलमा पुरुष सिंगल तर्फ नेपालका रत्नजित तामाङ् भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उनी टण्डनसँग २१–१८, १४–२१ र २१–१८ को सेटमा पराजित भएका हुन् । पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलंकाका डायस अंगोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ को सोझो सेटमा पराजित हुँदै सेमिफाईनलबाटै बाहिरिए ।

मिक्स डबल्स तर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भएपनि काश्यमा सिमित भए । महिला सिंगलतर्फ भारतका अस्मिता चलिदाले श्रीलंकाकी अचिनी निमेसिका रत्नासिरिलाई २१–५ र २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधी नजिक पुगिन् । सोही ईभेण्टमा भारतकी गायत्री गोपिचन्दले श्रीलंकाकी दिल्मी डायसलाई २१–१७ र २१–१४ को सेटमा पन्छाउँदै फाईनल यात्रा सुरक्षित गरिन् ।

महिला डबल्स तर्फ श्रीलंकाकी टी प्रमोदिका र के सिरिमांगेको जोडीले भारतका मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले श्रीलंकाका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गर्दै फाईनल भीडन्त पक्का गरे ।

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ को सोझो सेटमा पराजित गरेको छ । मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अंगोडा र टी प्रमोदिकाको जोडीले वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय ग¥यो । सोही ईभेण्टको अर्को खेलमा श्रीलंकाका रत्नासिरि कपुरु र यू को जोडीले भारतका कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पराजित ग¥यो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...