पश्चिमाञ्चल इन्जिनिएरिङ जारी अनशनमा महामन्त्री भट्टराईको एकेबद्धता

पोखरा, २६ माघ/ क्याम्पस प्रशासनले विगतमा गरेको सहमतिको माग गर्दै पश्चिमाञ्चल इन्जिनिएरिङ क्याम्पसका नेपाल विद्याथी संघ पश्चिमाञ्चल इन्जिनिएरिङका विद्यार्थी आन्दोलनमा छन् ।

आन्दोलनमा रहेका विद्याथीले रिले अनशन गरिरेहका छन् । रिलेअनसनमा नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराई अनसन स्थलमा पुगेर एकेबद्धता जनाएका छन् ।

उनले रिले अनसरनमा सहयोग र साथ रहेको भन्दै विद्यार्थीहरुको माग सम्बोधन गर्न क्याम्पस प्रशासन सगँ माग गरे । माग पुरा नभए जस्तो सुकै कदम केन्द्रिय समितिले चाल्ने महामन्त्री भट्टराईले बताए ।

नेपाल विद्यार्थी सँगका उपाध्यक्ष मुक्ति पौडेल, नेवि संघ कास्कीका पूर्व अध्यक्ष विक्रमादित्य सिंह गिरी, नेवि संघ जनप्रिय क्याम्पसका अध्यक्ष नसिब गुरुङ्ग, विद्यार्थी नेताहरु बिनोद केसी, ध्रुव अधिकारी, प्रताप बनिया, सुमिर गुरुङ्ग, निर्दोष विक्रम पौडेल, गौरव बराल, असीम सुबेदी लगायत एकेबद्धता जनाएका थिए ।

कमेन्टहरु
Loading...