एमालेको चुनाव प्रचार तालिका यस्तो

पोखरा, २१ वैशाख/स्थानीय तह निर्वाचनमा उम्मेद्वारको प्रचार प्रसार गर्न नेकपा एमाले कास्कीले तालिका बनाएको छ । एमाले कास्कीका अनुसार मेयर र उपमेयरको चुनावी प्रचार तालिमा सार्वजनिक गरेको हो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटीले दिएको जानकारी अनुसार वैशाख २१ गते पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर २८ मा मेयरका उम्मेद्वार मानबहादुर जिसी र उपमेयरका उम्मेद्वार मञ्जुदेवी गुरुङ र वडाका उम्मेद्वारसहित कोण सभा र घर दैलो कार्यक्रम गरिएको छ ।

तालिका अनुसार वैशाख २२ गते वडा नम्बर ३, ११, १२,१३ र १४ गते उम्मेद्वार परिचय कार्यक्रमसहित चुनावी सभा र घरदैलो कार्यक्रम तय गरिएको छ । एमाले कास्कीका अनुसार वैशाख २३ गते वडा नम्बर २६, २७, २९, ३० र ३१, वैशाख २४ गते २५, १९, १६ र १ नम्बर वडामा कार्यक्रम तय गरिएको छ । तालिका अनुसार वैशाख २५ गते २, २४, १८ र ४ नम्बर वडामा, २६ गते ५, ७, ८, ९, १० मा मेयर र उपमेयरसहित प्रचार प्रसार कार्यक्रम गरिने छ ।

वैशाख २७ गते २०, २२, २३, ६ नम्बर वडा र अन्तिम दिन वैशाख २८ गते ३२,३३,२१, १७ र १५ गते चुनावी प्रचार प्रसार सभा गरिने एमाले कास्कीले जनाएको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले प्रचार प्रसारलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

कमेन्टहरु
Loading...