नेकपा एमाले निर्मलपोरीमा निर्वाचन परिचालन कमिटि गठन

पोखरा, २३ असोज/मंसिर चार गते हुने सविधान सभा निर्वाचनको लागि नेकपा एमालेले प्रचार प्रचार कार्यक्रम प्रभावकारी रुपले अघि बढाएको छ । प्रचार प्रसार अन्र्तगत नेकपा एमाले निर्मलपोखरी गाउँ कमिटिको भेलाले सविधान सभा निर्वाचन २०७० निर्वाचन परिचालन कमिटि बुधबार गठन गरेको छ । गाउँ कमिटिका अध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा ३ सय ९१ सदस्यीय कमिटि गठन भएको हो ।अर्जुन भण्डारीको अध्यक्षतामा १ सय ११ सदस्यीय युथ फोर्स गठन भएको छ । त्यसैगरी उपाध्यक्षमा शिव गिरी, सचिवमा भाईराज राना र सह–सचिवमा अमित गिरी रहेका छन् । कार्यक्रममा जिल्ला कमिटि सदस्य मुत्तिनाथ पौडेलले नेकपा एमालेलाई विजय बनाउन सबै कार्यकर्ता सकृय भएर लाग्नु पर्ने बताए ।  एमालेको निति तथा कार्यक्रम राम्रो र प्रभावकारी रहेको हुनाले निर्वाचनमा विजय सुनिश्चित रहेको दावि गरे ।

कार्यक्रममा क्षेत्रिय अध्यक्ष धनबहादुर नेपाली, युथ फोर्स नेपालका सचिव तथा युवा संघ नेपालका केन्दीय सदस्य दर्शन लामा, क्षेत्रिय कमिटि सदस्य तथा युवा संघ क्षेत्र नम्बर ३ का अध्यक्ष राजेन्द्र पौडेल, काठमाडौ पोखरा सम्पर्क समिति क्षेत्र नम्बर–३ का अध्यक्ष धुव्रराज पोख्रेल, जिल्ला कमिटिका सल्लाहकार तथा पूर्व निर्मलपोखरी गाविसका प्रमुख कमल मोहन पौडेल, पूर्व सचिव रामचन्द्र पौडेल, युाव संघ निर्मलपोखरीका अध्यक्ष सूर्य केसी लगायतकाले बोलेका थिए भने गाउँ कमिटिका पूर्व अध्यक्ष समन्त गिरीले स्वागत मन्तव्य राखेका थिए । गाउँ कमिटिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सीता विकले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...