कास्कीको दाङसिङ र सराङकोटमा एमालेको घरदैलो

पोखरा, २८ कार्तिक/एमालेको निती एमालेकै नेतृत्व भन्ने मुल नाराका साथ नेकपा एमाले क्षेत्र नं ४ ले प्रचारप्रसार अभियान अन्र्तगत विहिबार विभिन्न ठाउँमा घरदैलो ,कोणसभा , मतदाता भेटघाट लगायतका कार्यक्रम सम्पन्न गरेको छ । कास्कीको दाङसिङको मोहरीया र बिरेठाँटि र धितालमा मा छुट्छुटै कोणसभा सम्पन्न भएका छन् । कोणसभालाई सम्बोधन गर्दे एमाले क्षेत्र ं ४ का उम्मेदवार सिता गिरीले यसपटक देशैभर एमालेको पक्षमा ब्यापक जनमत हासिल हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले अघिल्लो संविधानसभामा क्षेत्र नं ४ सहित देशका धेरै ठाउँमा एमाओवादीलाई जिताएर पछुताएको र काँग्रेसका उम्मेदवार पनि पटक पटक परिक्षण भईसकेकाले आफनो जित निश्चित भएको बताउनुभयो ।

कार्यक्रममा एमाले नेताहरु प्रेम पौडेल, दामोदर बैरागी , लागयतले सम्बोधन गर्दे एमालेको जित बिना संविधानर विकास निर्माण दुवै नहुने उल्लेख गरे । उनिहरुले सुर्यमा मतदान गरी देशलाई निकास र विकास दिन आग्रह गरे । यस्तै कास्की क्षेत्र नम्बर चार अन्तर्गत सराङकोट सेदीबगर, खपौदी र भकुन्डेमा पनि विहिवार नै घरदैलो तथा कोणसभा सम्पन्न भएका छन् ।

कोणसभामा एमाले राष्ट्रिय प्रनिनिधि परिषद् सदस्य पुन्य पौडेलले कास्कीको ४ वटै सिटमा एमालेको जित पक्का भएको बताए । गाउँकमिटि अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । घरदैलो कार्यक्रममा रहेका नेताहरुलाई स्थानियले फुलमालार अबिरले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...