नेकपा एमालको प्रचारप्रसार तिव्र

पोखरा, २२ असोज/नेकपा एमालेले मंसिर चार गते हुने संविधान सभा निर्वाचनको प्रचार प्रचारलाई तिव्र पारेको छ । प्रचार प्रसार अन्र्तगत नेकपा एमाले पोखरा–५ वडा कमिटिको आयोजनमा कार्यकर्ता भेला मंगलबार सम्पन्न भएको छ । भेलाले सविधानसभा निर्वाचन २०७० निर्वाचन परिचालन कमिटि गठन गरेको छ । कमिटिले अध्यक्ष लेखनाथ सोतीको संयोजकत्वमा ५ सय ५७ सदस्यीय परिचालन कमिटि गठन गरेको हो ।कार्यक्रममा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा क्षेत्र नं–३ का प्रत्यासी रविन्द्र अधिकारीले सविधान निर्माण गर्न नेकपा एमालेको विजय शुनिश्चित हुनु पर्ने बताए । त्यस्तै राष्ट्रिय प्रतिनिधि परिषद सदस्य श्रीनाथ बराल, क्षेत्रिय सदस्य उज्वल खत्री,जिल्ला सल्लाहकार द्रोणराज अधिकारी, लगायतकाले निर्वाचन परिचालन सम्बन्धमा बोलेका थिए ।

कार्यक्रममा नेकपा माओवादीमा रही विगतमा पर्वतको जन सरकार सदस्यमा कृयाशिल हाल पोखरा–५ बस्ने अञ्जु केसी, नेकपा ऐमालेको निति कार्यक्रमबाट प्रभावित भई एमालेमा सकृय रहने बताईन् । सम्पन्न कार्यक्रमको संचालन मणिराज बरालले गरेका थिए । यस्तै नेकपा एमाले क्षेत्र नं. ४ को चुनावी प्रचारप्रसार तथा बृहत अगुवा यूवा, विद्यार्थी भेला सम्पन्न भएको छ । भेलाले महिला तथा पुरुष यूर्थ फोर्स गठन तथा परिचालन गर्ने निर्णय गरेको छ । भेलालाई क्षेत्र चार एमाले उम्मेदवार सिता गिरीले नेकपा एमालेलाई जिताउन आग्रह गदै एमाले ठूलो नभएसम्म संविधान बन्न नसक्ने बताउनु भयो ।
नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पुण्यप्रसाद पौडेल, क्षत्रे नं. ४ का अध्यक्ष विष्णु केसी, यूवा संघ स्थायी कमिटि सदस्य माधव बास्तोला, एमाले जिल्ला सचिवालय सदस्य जगन्नाथ बास्तोला, अनेरास्ववियू क्षेत्रीय अध्यक्ष लक्ष्मण शर्मा, युवा संघका क्षेत्रीय अध्यक्ष पानबहादुर क्षेत्री लगायतले नेकपा एमालेलाई संविधान सभाको निर्वाचनमा जिताउनुपर्नैमा जोड दिनु भयो ।

यता नेकपा एमालेसंग सम्बद्ध राष्ट्रिय बृद्धिजिवि परिषद् क्षेत्र नंं. ४ को आयोजनामा बृहत कार्यकता भेला एवं अन्र्तक्रिया कार्यक्रम सम्मन्न भएको छ । त्यस्तै एमाले लेखनाथ ११ मा वडा भेला सम्पन्न भएको छ । एमाले क्षेत्र नं. १ का उम्मेदवार मानबहादुर जिसी, बेदबहादुर गुरुङ, टिकारमा पगेनी, सन्तोष अधिकारी, गोकर्ण तिवारी, विश्वराज पंगेनी, सुवास सापकोटा लगायतले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...