बाम एकताको युवा संघ कास्कीद्धारा स्वागत

पोखरा २२ असोज / नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले बाम एकताको स्वागत गरेको छ । एमाले, माओबादी केन्द्र र नयाँ शक्ति पार्टी वीच बाम एकता गर्ने सहमतीको स्वागत गरेको हो । शनिबार बसेको युवा संघ कास्कीको बैठकले बाम एकता गर्ने सहमतीको स्वागत गदै एकतामा सहभागी पार्टीका युवा संगठनका अग्रज नेतृत्वकर्ताहरुसंग परिचय कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

नेपालका कम्यूनिष्ट पार्टीहरु वीचको एकता सकरात्मक छ, युवा संघ यसको स्वागत गर्दछ युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले भने । बैठकले नयाँ संरचना अनुसार जिम्मेवारी बाँडफाड समेत गरेको छ । युवा संघले हालका क्षेत्रीय कमिटि विघठन गरि नयाँ संरचना अनुसार संघको क्षेत्र नम्वर १, २ र ३ तीनमा क्रमशः रामचन्द्र तिमिल्सिना, किसान सुनार, चेतनाथ अधिकारीको संयोजकत्वमा संगठन कमिटि गठन गर्ने निर्णय गरेको छ । कमिटिमा साविकका क्षेत्रीय कमिटि सदस्य, महानगर कमिटि र गाँउपालिका कमिटिमा रहेकाहरु सदस्य रहने ब्यवस्था गरिएको अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर २१ गते हुने संघ र प्रदेशको निवाचनमा बाम उम्मेदावरलाई जिताउन क्षेत्रीयस्तरमा निवाचन परिचालन कमिटि गठन गर्ने निर्णय समेत गरेको छ । युवा संघको कार्यालय प्रमुखमा गणेश बराललाई जिम्मेवारी तोकिएको छ भने निवाचनका लागी युवा परिचालन विभाग प्रमुखमा देशभक्त केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ९ मा सरस्वती श्रेष्ठ९सरु०, माछापुच्छे ३ का रुद्र रानाभाट, पोखरा २३ का मिनराज खड्कालाई जिल्ला सदस्यमा जिम्मेवारी दिने निर्णय समेत गरेको युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले बताए ।

कमेन्टहरु
Loading...