सुशील बालुवाटार नजिक, प्रधानमन्त्री पक्का

पोखरा, २६ माघ/नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संसदमा एक्लो प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गरेपछि लोकतान्त्रिक संविधान निर्माणको जिम्मा कांग्रेस र एमालेको काँधमा आइपुगेको बताए। एमाले काग्रेस सगँ छ बुदे सम्झोता गरे पछि कोइराला प्रधानमन्त्री निवास बालुवाटार जाने समय नजिक पुगेका छन् ।

सुशील कोइराला
सुशील कोइराला

उनले सहयोगका लागि एमालेलाई धन्यवाद दिँदै भने, ुसबै पार्टीसँग सहमति र सहकार्य गर्दै शान्तिलाई टुंग्याउँदै लोकतान्त्रिक संविधान बनाउने जिम्मा हाम्रो काँधमा आइपुगेको छ, त्यसका लागि मैले प्रधानमन्त्री पदको नोमिनेसन दिएको छु, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा छिट्टै नेपालमा शान्ति स्थापनाको चाहना छ, त्यसका लागि छिटोभन्दा छिटो संविधान निर्माण गर्न पहल गर्दै छ महिनामा संविधानको मस्यौदा र एक वर्षभित्र नयाँ संविधान निर्माण गरिछाड्ने छौँ।

उनले संविधान निर्माणको एकसुत्रीय अभियानमा सहयोग गर्न सबै र मिडियाकर्मीसँग आशा राखेको बताए। उनले भने, कांग्रेस र एमाले एक भएर सबैसँग समझदारी र सहमतिका लागि वार्ता गर्नेछौँ। सुशीलले सोमबार बिहानमात्र प्रचण्डसँग कुरा भएको जानकारी दिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोसमेत सुनाए। प्रचण्डलाई उद्धृत गर्दै उनले भने, कांग्रेस र एमालेले जनादेशअनुसार सरकार बनाए सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कमेन्टहरु
Loading...