सरकारलाई सुझाव दिन पाँच विषयगत समिति गठन

काठमाडौं, ७ चैत /सरकारलाई विभिन्न विषयमा सुझाव दिन मन्त्रिपरिषदले पाँचओटा विषयगत समिति गठन गरेको छ । बुधबार​ साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक, प्रशासन, सामाजिक, आर्थिक र पूर्वाधार विधयेक समिति गठन गरेको हो ।यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहने सदस्यहरुको संख्या कटौती गर्ने निर्णय समेत गरेको छ ।सन्चार राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार ४७ सदस्यीय सचिवालयलाई २८ मा झार्ने निर्णय गरिएको छ ।

कमेन्टहरु
Loading...