सरकार अधिनायकवाद तर्फ दौडीरहेको छ – नेता कोइराला

पोखरा, ४ साउन / नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले ओली सरकार अधिनायकवाद तर्फ दौडीरहेको बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशन पछिको प्रथम जिल्ला परिषदको पोखरामा उद्घाटन गर्दै उनले सरकारले ल्याएका विधेयकहरु समेत अधिनायकबाद तर्फ केन्द्रित रहेको बताए ।

नेता कोइरालाले राष्ट्रिय सुुरक्षा विधेयक मार्फत सरकारले नेपालको अस्मिता सँग खेल्न खोजेको उनको भनाई छ । उनले नेपालको अस्मितासँग खेल्ने अधिकार ओली सरकारसंग छैन विधेयक पनि पास हुन कांग्रेसले नदिने बताए ।

केन्द्रिय सदस्य कोइराले प्रधानमन्त्रीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारी र फलफुलबाट नेपाली जनताले थाहा पाएको बताए । उनले सरकार विप्लव समूह दुबैले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाए । उनले देशले शसस्त्र द्धन्दको क्षति व्योहोरी सके पनि फेरी ओली सरकारले देशलाई द्धन्दमा लैजान खोजेको आरोप लगाए ।

वार्ता र संवादबाटै निकास निकाल्न कांग्रेसले सरकारलाई सुझाव दिएको उनको भनाई थियो ।
कांग्रेस केन्द्रिय सदस्य कोइरालाले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन काग्रेसले जित हासिल गर्ने बताए । उनले पार्टी भित्रबाट निर्वाचनमा घात अन्तरघात नभई ओली सरकारको अधिनायकवादलाई ढलाउन पनि कास्की २ को निर्वाचन कांग्रेसले जित्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले कांग्रेसभित्र नयाँ नेतृत्वको खाँचो रहेको बताए । परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ/संस्थाबाट ४/४ जना र प्रतिष्ठानका अध्यक्ष सहभागीता रहेकोे थियो ।

परिषद्मा साङ्ठनीक गतिविधि, योजना, भावि कार्यक्रम र आर्थिक प्रतिवेदनमाथि छलफल भएको छ । त्यस्तै सो अवसरमा ट्रेड युनियन काँग्रेस कास्कीको जिल्ला युवा समिति र महिला समिति पनि गठन भएको छ ।

कमेन्टहरु
Loading...