ओली सगँ सल्लाहा गरेर भारतले कालापानीलाई नक्सामा राखेको हो – देउवा (भिडियो सहित)

पोखरा, ७ मंसिर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा गएर घुडा टेकेको आरोप लगाएका छन् ।

मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनको चुनावी सभामा सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले राष्ट्रवादको नाममा धोका दिएर लम्पसारबादी बनेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओली संग सल्लाहा गरेरै भारतले कालापानी लगायत नेपाली भूमी नयाँ नक्सामा आफ्नोमा पारेको आरोप लगाए । ओली संग सल्लाहा बिना भारतले नक्सा छाप्नै नसक्ने उनले ठोकुवा गरे ।

म प्रधानमन्त्री भएको बेलामा महाकाली सन्धी भएको हो । महाकली नदीलाई सिमा नदी मानिएको छ । उनले भने । यो महाकाली सन्धीमै रहेको बताउँदै सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार बाद भएको पटक पटक दोहो¥याए ।

ओली सरकरले अझै जनताका आँखामा छारो हालेर राष्ट्रवदी बन्न खोजेको उनले आरोप लगाए । अझै भारतीयहरुले कालापानी हाम्रौ हो भन्दा पनि सरकार मौन रहेको उनले बताए ।

ओली सरकार आए संगै हर ठाउँमा भ्रष्टाचार बढेको उनले बताए । करको बृद्धि गरेर जनता चल्नै नसक्ने अवस्थामा पुगेको छ । संबैधानिक आयोगलाई कठपुतली बनाएको पनि उनले आरोप लगाए ।

अख्तियार आयोगलाई शाहिअयोग जस्तै बनाएको उनले बताए । दुई तिहाईको सरकारले गरेका गलत कार्यलाई खवरदारी गर्न र गलत कार्य सच्याउन आप्नो पार्टीमा उम्मेदवारलाई मतदान गर्न उनले अनुरोध गरे ।

कमेन्टहरु
Loading...