सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन -डा. महत

पोखरा, ९ कात्तिक /नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । पोखरामा शुक्रबार आयोजित पार्टीको आर्थिक नीति सुझाव संकलनका लागि प्रदेश स्तरीय कार्यक्रमलाई उद्घाटन गर्दै उनले सरकारले जनता बिरुद्ध कर बढाएर आतंकीत बनाएको आरोप लगाए ।

नेता महतले सरकारले भाषण गरेरमात्रै आर्थिक समृद्धि नहुने बताए । आर्थिक समृद्धिका लागि सरकार मात्र नभै नीजि क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा उनको जोड थियो ।

विपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्दै सहमहामन्त्री डा. महतले काँग्रेसले त्यसलाई आत्मसात गर्न नसकेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पि.सावतले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रबृत्तिले पार्टी कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने बताए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले विपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमसिलताको विकास एवम् स्रोत साधनका्े उपयोग गर्न सके आर्थिक विकास सम्भव भएको उल्लेख गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू शंकर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, डा. विजन पन्त लगायतले पार्टीलाई प्रभावकारी बताएर जनताका पक्षमा काम गर्नु पर्ने बताए ।

पार्टीको आर्थिक नीति सुझाव संकलनका लागि प्रदेश स्तरीय कार्यक्रमा कार्यकर्ताहरुले स्रोत साधनको उपयोग र उद्यमशिलतालाई अगाडी बढाउन सुझाव दिएका थिए ।

कमेन्टहरु
Loading...