संघीय समाजवादीको सभासदमा अध्यक्ष राई, कास्कीका डिवी नेपाली

पोखरा, १७ पौष/जातिय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवातद नाराका साथ पहिचानलाई मुख्य मुद्धा बनाएको संघीय समाजवादी पार्टी नेपालले अध्यक्ष अशोक राई सहित पाँच जना सभासदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।अध्यक्ष राई आदिवासी जनजाति, पार्टीका केन्द्रीय सचिव कास्कीका डिलबहादुर नेपाली(डिवी नेपाली)दलित समुदायबाट, खस आर्य एवं महिलाबाट पार्टीका उपमहासचिव ललितपुरकी राधा तिमिल्सीना, मधेशी एवं महिलाबाट धनुषाकी उर्मिला साह र अल्पसंख्यक मुश्लिम समुदायको प्रतिनिधीत्व गराउदै बर्दियाबाट कासिकी सिद्धिकी लाई सभासद बनाइएको छ ।

संविधानसभाको प्रत्यक्ष निर्वाचनमा एक सिट पनि जित्न नसकेको संघीय समाजवादीले समानुपातिकमा पाँच सभासद प्रतिनिधीत्व गर्न पाएको हो ।

कमेन्टहरु
Loading...