संघीय समाजवादी फोरम बाग्लुङले १३ उम्मेदवार सिफारीस

पोखरा, २३ असोज/पहिचान र अधिकार सुनिश्चिततासहित समृद्ध नेपाल निर्माणका लागि स्थापित बैकल्पिक राजनीतिक शक्ति संघीय समाजवादी फोरम नेपाल, बाग्लुङ जिल्ला समितिले आगामी प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ ।

बाग्लुङ जिल्लामा विभिन्न चरण हुदै जिल्ला समितिले उम्मेदवार छनौट गरी मगरात प्रदेश समिति र इञ्चार्जमार्फत केन्द्र प्रतिनीधि सभातर्फ ५ जना र प्रदेशसभाका लागि ८ जना गरी १३ जना सिफारिस गरेको हो । प्रतिनीधिसभा प्रत्यक्षतर्फ बाग्लुङ क्षेत्र नं. १ बाट बाग्लुङ नगरपालिका ३ का भक्तबहादुर विक, क्षेत्र नंं. २ बाट तारा गाँउपालिका २ का यामबहादुर घर्ती मगर सर्वसम्मत उम्मेदवार छनौट हुनुभएको छ भने प्रतिनीधि सभाका लागि समानुपातिक तर्फ दलबहादुर खड्का, महेन्द्र जिसी(निर्मल), मनबहादुर अठारे रहनु भएको छ ।

यसरी नै प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमा क्षेत्र नं. १ क बाट दिपेन्द्र जिसी, क्षेत्र नं. २ क बाट बीरबहादुर नेपाली र ख बाट अरुणकुमारी घर्ती मगर छानिनु भएको छ भने समानुपातिक तर्फ बद्रिकुमार श्रेष्ठ, कोकिला जिसी, लिलसरा अठारे, छविलाल विक रहनु भएको संघीय समाजवादी फोरम मगराँत प्रदेश समिति अध्यक्ष यमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...