संघिय समाजबादी र नयाँ शक्तिको घरदैलो लेखनाथमा

पोखरा, २२ बैशाख/संघिय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा पोखरा–लेखनाथ महानगरपालिका वडा नं. १५ घरदैलो कार्यक्रम तथा परिचय कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

आउदो बैशाख ३१ गते हुन गईरहेको स्थानिय चुनावलाई सफल पार्नका लागि घरदैलो कार्यक्रमलाई तिब्र बनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संयुक्त गठबन्धनद्वारा हुमबहादुर गुरुङले पोखराको समृद्धीको लागि विगतदेखि विभेद पारिएका वर्ग समुदायलगाएत सम्पूर्णलाई आफ्नो सरकारको महसुस गराउनको लागि मसाल चिह्नमा मत प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा संयुक्त गठबन्धनकी उपमेयर लक्ष्मी खाती परियार, निर्वाचन परिचालन समितिका दिपक तामाङ, धनप्रसाद तामाङ, बुद्धि बहादुर तामाङलगाएतले विकासका लागि दक्ष व्यक्ति चुन्न आग्रह गरेका थिए । वडा नं. १० र १५ का उमेद्वारहरुको परिचयात्मक कार्यक्रमको अध्यक्षता निर्वाचन परिचालन समिति १५ का अध्यक्ष बुद्धि बहादुर तामाङले गरेका थिए भने संचालन क्या. नरेश थापाले गरेका थिए ।

कमेन्टहरु
Loading...