समाजवादीको कास्की ३ र ४ मा अभियान जारी

पोखरा, ४ कात्तिक/संघीय समाजवादी पार्टीका कास्की क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङलाई प्रचार प्रसारका लागी ढिकुरपोखरी गाविसको वडा नं. ३ र ४ मा चुनाव प्रचार प्रसार समिति गठन भएको छ । ढिकुरपोखरी वडा नं. ३ र ४ को भेलाले चुनाव प्रचार प्रसार समितिको अध्यक्षमा डिलबहादुर नेपाली, उपाध्यक्षमा अगन्धर सुनार, सचिवमा प्रेमबहादुर परियारलाई चयन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै उमेदवार गणेशमान गुरुङले उत्पिडित जनताको अधिकार, स्वपहिचान, अपनत्व भएको संविधान निर्माणका गर्ने बताए । यसरी गरि संघीय समाजवादीका तर्फबाट कास्की क्षेत्र नं. ३ का उमेदवार पानबहादुर घर्ती भुजेलले सोमवार पोखरा वडा नं. ७ र १७ मा मतदाताको घरदैलो कार्यक्रम गरेका छन् ।

कमेन्टहरु
Loading...