रुकुममा एमाओवादीले एमाले कार्यकर्ता कुटे

नेपालगन्ज– एकीकृत माओवादीका कार्यकर्ताले शुक्रबार एमालेका कार्यकर्तालाई सांघातीक आक्रमण गरेका छन् । पश्चिम रुकुमको आठवीसकोट गाविसमा चुनाव प्रचारमा हिँडिरहेका एमाले कार्यकर्ताहरूलाई एकीकृत माओवादी कार्यकर्ताले आक्रमण गर्दा ७ जना एमाले कार्यकर्ता घाइते भएका छन् । आठवीसकोटमा घरदैलो कार्यक्रम गर्दै हिँडिरहेको अवस्थामा उनीहरूमाथि आक्रमण भएको हो । आक्रमणमा एमाले जिल्ला कमिटी सदस्य वीरबहादुर शाही, स्थानीय कार्यकर्ता जुद्धबहादुर सार्की, कैलो सार्की, बिरे सार्की, बलवीर सार्की, नन्दलाल पुन र भिमबहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ । वीरबहादुर शाही र जुद्धबहादुर सार्कीको अवस्था गम्भीर रहेको वताइएको छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
 

कमेन्टहरु
Loading...