राप्रपाको मुख्यमन्त्री कार्यलय अगाडि धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेप, कार्यकर्ताहरु पक्राउ

पोखरा, २५ चैत /राप्रपाको केन्द्रिय कार्यक्रम अनुसार पोखरामा प्रदेश मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने क्रममा राप्रपा कास्कीका नेता तथा कार्यक्रमहरुलाई कास्की प्रहरीले गिरफ्तार गरेको छ ।

राप्रपाको देशैभरी धर्ना दिने कार्यक्रम अनुसार कास्की स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि धर्नामा बसेका राप्रपाका नेता तथा कार्यक्रमहरुलाई पक्राउ गरी लगेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।

हिन्दु राष्ट्र घोषणा गर, नागरिकता वितरण ऐन २०७५ खारेज गर, राजा सहितको प्रजातन्त्र कायम गर जस्ता नारासहित निषेधित क्षेत्र तोडी एक घण्टाको धर्ना कार्यक्रममा प्रहरी हस्ताक्षेप गरी राष्ट्रवादी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले लछापछार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

पक्राउ हुनेहरुमा प्रदेश अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी, प्रदेश सचिव बरुण बिक्रम राणा, केन्द्रीय सदस्यहरु जयलाल पुन, रोम बहादुर भण्डारी, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, प्रदेश सदस्य नारायण गुरुङ, कृष्ण प्रसाद पौडेल, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, जिल्ला सदस्यहरु रामबहादुर तामाङ, विजुली प्रसाद गुरुङ, पूर्व जिल्ला उपाध्यक्षहरु भोलाजंग सुवेदी, बुद्धिमान दुरा धम्पु, गणेश बहादुर श्रेष्ठ, पूर्व किसान संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम गौतम, रमेश त्रिपाठी, लालुप्रसाद अधिकारी, मोहनबहादुर केसी रहनुभएको छ ।

कमेन्टहरु
Loading...