राप्रपा कास्कीको घरदैलो, विभिन्न वडामा कोणसभा

पोखरा, २३ बैशाख /बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा राप्रपा कास्कीले महानगर र गाउँपालिका तथा विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभाहरु सम्पन्न गरेको छ । घरदैलो कार्यक्रम अन्तर्गत वडा नं. २४, १०, २१, १५, १४, १८, २०, ७, लेखनाथ अन्तर्गत २७, ३३, ३१, ३० लगायतका वडाहरुमा घरदैलो कर्यक्रम तथा कोणसभा गरिएको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।

घरदैलो अभियानमा राप्रपाको घोषणापत्र सहित मतदाताको घरआँगनमा पुगेर राप्रपाको गाइ चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरिएको थियो । उक्त अवसरमा देशको एकमात्र राष्ट्रवादी पार्टी भएकोले राप्रपाले मात्र हाम्रो राष्ट्रियता बचाउन सक्ने भएकोले सम्पूर्ण राष्ट्रवादी देशभक्ति बुबाआमा दाजुभाई दिदीबहिनीहरुमा आफ्नो अमूल्य मत दिन आग्रह समेत गरिएको थियो ।

घरदैलो कार्यक्रममा उम्मेदवार सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । चुनाव नजिकिदै गर्दा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु अझ सशक्त रुपमा घरदैलो कार्यक्रममा सहभागी हुन र राप्रपाको पक्षमा मत पार्न लागि पर्न समेत राप्रपा कास्कीले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...