बादल हत्या काण्डकोे छानविनको माग

पोखरा, १० असार /नेपाली काँग्रेसका साविक लेखनाथ नगरपालिका नगर समितिका सभापति एवम् पोखरा लेखनाथ सह संयोजक राजेन्द्रमणि लामिछानेले काँग्रेस नेता रामजी बादल हत्याकाण्डको तत्काल छानविनको माग गर्नुभएको छ ।

नेपाली काँग्रेस पोखरा लेखनाथ नगर समितिको आजको बैठकमा हत्याकाण्डको छानबिनको माग सहित पदबाट राजिनामा दिदै उहाँले आँफूले पटक पटक हत्याकाण्डको छानविनको माग गर्दै आए पनि त्यसको कुनै सुनुवाई हुन नसकेको र अनावश्यक रुपमा आँफूमाथि दोषारोपण गरिएका कारण पीडा बोध गरिरहेको बताउनुभएको छ ।

लामिछानको चार पृष्ठको राजिनामा पत्रको अन्त्यमा “यदि पार्टीले छानविनको कुनै प्रकृया अघि नबढाउने हो भने मेरो पार्टीको सम्पूर्ण सदस्यता खारेज गरी शान्ति मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछु, ” भनिएको छ । २०७२ साल साउन २८ गते नेपाली काँग्रेसका नेता रामजी बादलको हत्या भएको थियो ।

कमेन्टहरु
Loading...