को हुन् राजिव पहारी, कास्की क्षेत्रनम्बर ३ ख का उमेद्वार

२०३३ साल कार्तिक १४ गते पोखराको वैदाममा बुवा रामराज पहारी र आमा जमुनादेवी पहारी को कोखबाट तिन जुम्लाहमा जेठो सन्तानको रूपमा लेखनाथ महानगरपालिका लेकसाईड, ६ मा जन्मिएका पहारीले आफु जन्मदै दुई सन्तान गुमानु परो । एक वहिनी र एक भाई सदाका लागी यो संन्सार छोडेर गए । जव उन्को उमेर वढ्दै गयो आफु पनि मरेको भए के हुन्थ्यो होला ? कुरा मनमा खेलाइरहन्थे ।

तर राजीव मरेर पनि वाची सकेको त्यसैले कहिल्यै आफ्नो व्यतीगत स्वार्थ भन्दा माथी उठेर सदैव देश र जनताको सेवा गर्न तल्लीन रहे । देशमा पञ्चायतको दवदवा रहेका वेला तेह्र वर्षे पहारी वि.स २०४६ सालको जन आन्दोलनमा सहभागी हुदै देश निमार्ण अव हामीले गर्नु पर्छ भन्दै अगाडी सर्न थाले । २०४८ साल मा पहारीले अध्यँन गरेको तालवाराही मावीमा भएको विद्यार्थी आन्दोलनको अगुवाई गरे । विद्यालय स्तरीय अध्यँन सकेर वि.स २०५० सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्राक कसमटी सदस्य हुदै वि.स २०५३ मा अनेरास्ववियु कास्की जिल्ला कमिटी कोषाध्यक्ष सचिव हुदै अध्यक्ष वने ।

उनीले गरेका काम अनि विधार्थी हक हितको सवाल उनी निरन्तर उठाउदै गए । पृथ्वी नारायण क्याम्पसमा सवै विद्यार्थीहरुले अनिवार्य डेस्र लगाउनु पर्छ भनेर आन्दोलननै चलाए जस्ले गर्दा पहारी स्ववियु उप सभापति हुदै वि.स २०५७ सालमा देशकै सवै भन्दा वढी विधार्थी अध्यन गर्ने पृथ्वीनारायण बहुमुखी क्याम्पस स्ववियु सभापति वने । सभापति वनिरहदा देशमा भइरहेको जनयुद राज्य र विद्रोहिको वढ्दो त्रास अनि धम्मकी यता क्याम्पस जलिरहेको थियो यस्तो अवस्थामा सवै संकायमा अपाङग मैत्री पिचवाटो क्यापसको आर्थीक वृद्धीको लागी व्यापारीक प्रयोजनका सटरहरु निमार्ण कार्य को अगुवाई गरी त्यसको भाडावाट जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती को सुरुवात पहारीले गरे ।

२०६१ सालमा स्ववियु स्थापना भयदेखि हालसम्मकै सर्वउत्कृष्ट काम गरे बापत नमुना स्वबियु सभापतिको रूपमा त्रिभुवन विश्वविद्यालय बाट सम्मानित भए । वि.स २०५७ देखि उनी अनेरास्वियुको केन्द्रीय कमिटी सदस्य हुदै शैक्षिक बिभाग प्रमुख वने । २०५८ देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य र बिधार्थी ईन्चार्ज २०६० देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सचिबालय सदस्य र प्रचार बिभाग प्रमुख वने ।

देशमा निरुकुष राजतन्त्रको विरोधमा पोखराको पृथ्वीनारायण क्यापसमावाट शुरुवात भइको हस्ताक्षर अभियानमा पाच लाख जनाले सहभागीता जनाए उनी झन राज्य विरुद संकाको घेरामा तानीय । देशमा गणतन्त्र स्थपानाका लागी २०६२÷६३ सालको एतीहसिक जनआन्दोलन को पश्चिमाञ्चल क्षेत्रको युवा बिधार्थीहरुको सयुक्त जनआन्दोलन युवा बिधार्थी परिचालन समितिको संयोजक भए कमाण्डर गरे । आन्दोलनको नेतृत्व गरेको भन्दै तत्काली सरकाले ५ महिना जेलमा राख्यौ । २०६६ देखि २०६९ युवा संघ नेपाल केन्द्रीय सचिब एवम विदेश बिभाग प्रमुख काम समालेका पहारी युवा संघ नेपाल को केन्द्रीय महासचिब हुदै वि.स २०७२ असोज १६ देखि युवा संघ नेपालको केन्द्रीय अध्यक्ष वने ।

राजिव पहारी
राजिव पहारी

पहारी सहितको युवा टोली कमनिष्ट्र पाट्री एकता गर्नु पर्छ भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई भनेका थिए । देशमा संविधान जारी भए पछि मधेश जली रहेको थियो हामीले मधेश संवाद जागरण अभियान हिमाल पहाड तराई कोहि छैन पराई भन्दै तराई गयो । राजीव पहारी भनेको युवा संघको अध्क्ष जस्लाई देख्यो मारी हाल्छ डन हो भन्ने जस्ता दुस प्रचार फैलाइरहेका थिए हामी ६ महिना सम्म त्यहँ वसेउ निरन्तर संवाद गरेउ । २०७० साल बैसाख ११ गते गएको महाभूकम्प मा सिन्धुपाल्चोक क्षेत्र न. ३ मा पुननिर्माणको काममा नेतृत्व गरेका युवा पहारी यति वेला कास्की जिल्ला क्षेत्र नम्वर ३(२) को वाम गठ वन्धनका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् ।

नेपालको पर्यटन पोखरा त्यसको पनि प्रदेश २ जहाँ विश्वका अग्ला हिमालहरु पर्दछन् । पहारी भन्छन् फेवाताल, अन्नपुर्ण घान्दुक, भदौरे लान्दुरक लुम्ले यहि पर्दछ अझ कास्की जिल्लाको नामाकरण रहेको कास्कीकोट कश्यप ऋिषीको तपोवन शाहा वशँको उद्गम स्थल गुप्तकालीका मन्दीर हामी पर्यटन नै पर्यटनले भरीएको क्षेत्रमा छौ । सराङकोट कास्कीकोट ,ढिकुर पोखरी नयाँपुल सल्यान भदौरे हुदै छोरेपाटन सम्म रिङ रोड वनाउने ,अन्नपुर्ण गाउँपालीकामा ५० शैयाको आधुनीक अस्पताल निमार्ण गर्ने प्रत्येक घरमा पानीका स्रोत हेरेर कतै लिफटीङ कतै वोरीङ गरेर खानेपनी व्यवस्था गर्ने पहिलो लक्ष्यरहेको वताए ।

फेवाताल संरक्षण गर्नेलाई लेक साइड वासीको भोट
फेवाताल संरक्षण गर्नेलाई लेक साइड वासीको भोट

यस क्षेत्रमा सवैभन्दा धेरै खाने पानीको समस्यारहेको छ जहाँ घर दैलो गर्न गयो कोण सभा गरयो सवैले खानेपानी लिन घण्टौ हिड्नु परेको दुखेसो सुनाएकोले पहिलो प्रथामीकता नै अव एक घर एक पानी आउने खाने पानी धाराको व्ववस्था गर्ने पहारीले वताए । उनले थपे म पनि सानै देखि पर्यटन क्षेत्रमा आवद्र मान्छे भइरहेका पर्यटकीय पद मार्गको मर्मत तथा नयाँ पैदल मार्गको खोजी गरी आवश्यक प्रचार प्रसार गर्ने पर्यटकीय क्षेत्रको संरक्षण गर्नु पर्ने आजको आवश्यकता रहेको औलाए । हाम्रो क्षेत्रमा धेरै ठाउँमा वाटो पुगुेको छ अव उतm ग्रामीण सडकहरुको स्तोरउनती अन्र्तराष्टीय विमान स्थल निमार्णको कार्य पुरा गर्ने , प्राविधीक शिक्षालयको स्थापना गर्नु पर्ने छ अझ यहाँको झडिवुटी हरुको प्रसोधन केन्द्र समयको माग छ जस्ले विदेशिएका सयौ युवाहरुलाई रोजगारी सृजना गर्दछ ।

केरुङ्ग पोखरा लुम्वीनी रेलमार्ग निमार्ण गरी संमृद्धीको ढोकाहरु खोल्न ,आधुनीकीकरण किर्षी प्रणालीको सुरुवात गर्ने अन्नपुर्ण पदैलमार्ग मर्मत फेवाता संरक्षण तथा अतिक्रमण वाट जोगाउन आफु सगँ प्रस्त योजना रहेको पहारी वताउछन् । वोलेको कुरा गर्ने झुटा गफ गर्न नआउने भन्दै पहारी भन्छन् म युवा पनि छु म सगँ जोस जागर योजना छ म एउटा सच्चा सवेक वन्न चाहान्छु मौका दिनुहोस् भन्छन् । आफुले आटेका कुरा जसरी पनी गर्ने वानी पहारीको रहेको उनका मित्र माधव वास्तोला वताउछन् । प्रस्तुती ः गौरव त्रिपाठी

कमेन्टहरु
Loading...