प्रदेश सांसद पहारीद्वारा कास्की क्षेत्र ३ ‘ख’ को विकास योजनामा छलफल

पोखरा, २४ कात्तिक / गण्डकी प्रदेश सांसद राजिव पहारीले कास्की क्षेत्र नं. ३ ख का नेकपा कार्यकर्ता तथा जनप्रतिनिधिसँग विकासको योजनाका विषयमा छलफल गरेका छन् ।

क्षेत्र ३ सँग संबन्धित वडा कमिटी, जनप्रतिनिधि, अगुवा तथा सामाजिक अभियन्ताहरुसँग शनिबार पहारीले छलफल गरेका हुन् । विकासको आवश्यकता क्षेत्रगत हिसाबले ठुलो भएकाले सबै ठाउँमा पु¥याउन नसकेको बताएका छन् ।

उनी भन्छन्– ‘आवश्यकता धेरै छ तर क्षेत्र ठुलो भएकाले एकैचोटी सबैठाउँमा पु¥याउन सकिएको छैन । हामीले अध्ययन पनि गरिरहेका छौं । जनताका गुनासालाई आत्मसाथ गर्दै विकास नपुगेका ठाउँमा अवश्य विकास लैजानेछौं । चुनाव अघि सारिएका एजेण्डालाई हामी पुरा गरेरै छाड्छौं ।’

छलफलमा वडा कमिटी तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भएका गुनासालाई प्रस्तुत गरेका थिए । आफ्नो ठाउँमा भएका विकास तथा अब हुनुपर्ने विकासका बारेमा पनि सांसद पहारी समक्ष जनप्रतिनिधिले सुझाव दिएका थिए । सुझाव तथा गुनासालाई सम्वोधन गर्दै पहारीले भने– ‘हामीलाई काम गर्छ भनेर जसरी जिताउनुभयो त्यही अनुसारनै हामी तपाईको विश्वासलाई तोड्ने छैनौ । गर्नैपर्ने कामहरु निरन्तर गरिरहेका छौं ।’

कार्यक्रममा आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचन कास्कीबाट उठेकी विद्या भट्टराईलाई विजयी गराउन पनि आग्रह सांसद पहारीले गरे ।

छलफल कार्यक्रममा सांसद पहारीले क्षेत्र नं. ३ ख मा सम्पन्न भएका विकासका योजना र अव शुरु हुने योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उक्त क्षेत्रकै समानुपातिक सांसद मित्रकुमारी गुरुङ सुवेदीको समेत उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...