राजतन्त्रका बेला गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिँदैछः प्रचण्ड

काठमाडौं, ३१ जेठ / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका बेला गुमेको नेपाली भूमि फिर्ता लिने तयारीमा नक्सा सार्वजनीक गरेको बताएका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन् ।

उनले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताए । प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

उनले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ ।

प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताए ।

कमेन्टहरु
Loading...