पुष्पलाल स्मृति दिवसमा सरसफाई र माल्यार्पण

पोखरा, ७ साउन / नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३९ औं स्मृति दिवस मनाउने त्रिदिवसीय कार्यक्रम अन्तर्गत आज अन्तिम दिन पुष्पलाल स्मृति पार्क परिषरमा सरसफाई तथा शालिकमा माल्यार्पण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा ७ मासवारस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमाले प्रदेश नं.४ का सहसंयोजक गणेश तिमिल्सिनाले अर्धकदको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

सो अवसरमा उहाँले जहानिया राणा शासनकालमा भारतको कलकत्तामा स्थापीत कम्यूनिष्ट पार्टीले हाल मुलुकको अगुवाई गरिरहेको बताउँदै पुष्पलाले देखेको सपना पुरा गर्न उहाँका विचारलार्य आत्मसाथ गरि त्यसको कार्यान्वयनमा लाग्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

स्पष्ट विचारबाटनै लक्ष्य प्राप्त गर्न सकिन्छ भन्दै उहाँले भन्नुभयो “पुष्पलालले परिकल्पना गरेको लक्ष्य प्राप्तिका लागि नीति, सिद्धान्त र विचारलाई आवश्यकता अनुसार समयानुकुल रुपमा परिमार्जन गर्दै अघि बढ्न आवश्यकछ ।”
नेकपा एमाले कास्कीका कार्यालय सचिव बैन बहादुर क्षेत्रीले त्रिदिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन पोखरा लेखनाथ महानगरपालिकाको २१ फेदीपाटनमा वृक्षारोपण, दोश्रो दिन भुकम्प पिडितलाई आर्थिक सहयोग एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रवचन कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बैल्पिक केन्द्रिय सदस्य एवम् पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.,नेकपा एमाले जिल्ला अध्यक्ष कृष्ण थापा लगायत पार्टी कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...