सरकारको काम धिपि धिपि —मुख्यमन्त्री गुरुङ

पोखरा, १८ वैशाख /प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार धिपिधिपि नभए पनि काममा धिपिधिपि भएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले आइतबार अहिलेको सरकार धिपिधिपि नभएको भन्दै पाँच बर्ष सरकार चलाउने बताएका थिए ।

तर उनकै पार्टीबाट मुख्यमन्त्री बनेका गुरुङले प्रधानमन्त्री र मन्त्रीहरु भार्षणमा मात्रै अगाडी भएको तर काम गर्नमा धिपिधिपि भएको बताए । उनले केन्द्रीय सरकारले मानव स्रोत र वित्तिय स्रोतको व्यवस्था नर्गदा प्रदेशका काम ठप्प भएको बताए । लोकप्रियताका लागि भाषण भन्दा काम गरेर देखाउने बेला भएको उनको भनाई थियो ।

पोखरामा सोमबार आयोजित प्रदेश स्तरीय स्वास्थ्य सम्वन्धी पैरवी तथा अभिमुखी कार्यक्रममा मुख्यमन्त्री गुरुङले केन्द्र सरकारले प्रदेश सरकारलाई काम गर्ने वातावरण नै नबनाएको भन्दै रोष प्रकट गरे । केन्द्रिय सरकारले स्थानीय तह र प्रदेश सरकारमा कुन तहका कति कर्मचारी चाहिने हो ? त्यो व्यवस्थापन नर्गदा प्रदेश सरकारले नीति तथा कार्यक्रम पेश गर्न र बजेट प्रस्तुत गर्न समेत समस्या रहेको उनले बताए ।

केन्द्र सरकार संग तीन महिना देखि उपसचिव स्तरको नीजि सचिब पठाउन अनुरोध गर्दा आज सम्म नपठाएको उनको गुनासो थियो । उनले सकारले नै प्रदेश स्तरीय लोकसेवा आयोग गठन गरेर कर्मचारी व्यवस्था गर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्वास्थ्य केन्द्र र दरबन्दीमा पूर्न संरचना गरि अघि बढ्नु पर्ने बताए ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रदेश ४ को आयोजनामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश कुमार चापागाइले ४७.७ प्रतिशतले ब्यक्तीगत खर्चमा स्वास्थ्य सेवा लिदै आएको बताए ।

कमेन्टहरु
Loading...