पोखरा महानगरमा एमालेबाट १० वटा वडा अध्यक्ष चयन (को को सहित)

पोखरा, १५ बैशाख /नेकपा एमालेको बैठकले पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडाका वडा अध्यक्षको नाम प्रदेश नम्वर चार कमिटिलाई सिफारिस गरेको छ । सिफारिस गरिएका ३३ वडा मध्य १० वडामा सर्वसम्मत अध्यक्ष छानिएका छन् ।

सर्वसम्मत भएका अध्यक्षहरुमा वडा नम्वर ३ को अध्यक्षमा शसिधर पराजुली, वडा नम्वर चारमा ढाकामोहन पराजुली, वडा नम्वर ९ मा गोपी तुलाचन, वडा नम्वर १० मा महेन्द्र गुरुङ, वडा नम्वर १५ मा प्रकाश पौडेल, वडा नम्वर २२ मा मित्रलाल बराल, वडा नम्वर २५ मा शोभाकर तिमिल्सेना, वडा नम्वर २७ मा कुमार गुरुङ, वडा नम्वर २८ मा निर्मल सुनार९दियाली० र वडा नम्वर ३२ मा खमबहादुर पुन रहेका छन् ।

एमाले स्रोतले दिएको जानकारी अनुसार एक दुई वडा बाहेक अन्य वडाका वडा अध्यक्ष पक्का भैसकेका छन् तर आधिकारी घोषणा मात्रै बाँकी हो । वडा नम्वर १ मा शारदा पराजुली, वडा नम्वर २ मा दिननाथ सुवेदी, वडा नम्वर ५ मा धनबहादुर नेपाली वडा नम्वर ६ मा केदार न्यौपाने पक्का जस्तै हुन् । वडा नम्वर ७ मा तिन जनाको तिव्र प्रतिस्पर्धा रहेका कारण भन्न सकिने अवस्थामा नरहेको स्रोतले जनाएको छ। त्यस्तै वडा नम्वर ८ मा राजकुमार गिरी र रुद्रनाथ बराल वीच कसलाई बनाउने भन्ने मध्य टुङगो लागेको छैन् ।

वडा नम्वर ११ मा देवेन्द्र बास्तोला, वडा नम्वर १२ मा गुप्तबहादुर कार्की, वडा नम्वर १३ मा र्दशन लामा, वडा नम्वर १४ मा प्रेमबहादुर कार्की, वडा नम्वर १६ मा जीवन आचार्य र दानबाहदुर बानियाँ मध्य बानियाँको सम्भावना बलियो भएको दावी स्रोतको छ । वडा नम्वर १७ मा भेषराज बराल, वडा नम्वर १८ मा राजेन्द्र अधिकारी र पुष्कल थापा मध्य को बन्छ भन्न नसकिने बताइन्छ । त्यस्तै वडा नम्वर २० मा सिम गुरुङ, वडा नम्वर २१ मा पूर्णबहादुर थापा, वडा नम्वर २३ मा दामबहादुर वि।क, वडा नम्वर २४ मा ओम सुवेदी, वडा नम्वर २६ मा विष्णु बराल, वडा नम्वर २९ मा चेत गुरुङ वडा अध्यक्ष पक्का हुन् ।

वडा नम्वर ३० मा श्रीराम पोखरेल र खेमलाल कडेल र वडा नम्वर ३१ म पदमराज ढकाल र कमलबहादुर थापा वीच को हुन्छ भन्ने अवस्था नभएको बताइन्छ । वडा नम्वर ३३ मा शिवप्रसाद आचार्य उम्मेदवार बन्ने लगभग पक्का जस्तै भएको एमाले विशेष स्रोतले जानकारी दिएको छ । त्यस्तै बैठकले वडा सदस्यहरुको नाम समेत टुङग्याएको छ । एमाले कास्कीले पुरै नाम नटुङगीएको बताएको छ तर स्रोतका अनुसार जिल्ला कमिटिले गाँउपालिका प्रमुख,उपप्रमुख र वडा अध्यक्षको सिफारिस भएका नाम मध्य वडा अध्यक्ष समेट टुङग्याएर पठाएको छ । यसैवीच जिल्ला कमिटिले सवै नाम प्रदेश कमिटिमा विहिबार दिउसो २ बजेपछि पठाएको थियो । नाम पठाएपछि प्रदेश कमिटिले जिल्ला अध्यक्ष लगायत केही ब्यक्तिसंग छलफल गरेका कारण बैठक बस्न नसकेको स्रोतले बतायो ।

कमेन्टहरु
Loading...